प्रहरीमाथि शंका नगर्न महानिरीक्षक खनालको आग्रह

8 दिन अगाडी

विर्तामोड । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई पहिलाकै दर्जामा राखेर नहेर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । 
झापाको विर्तामोडमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम उद्घाटन गर्दै उनले  ‘पहिला कसले कहाँ के गर्यो भनेर प्रहरीमाथि अविश्वास नगरिदिनु होला। अब नेपाल प्रहरी पहिलाको भन्दा चुस्त छ। जनताको सुरक्षाका लागि सँधै तत्पर छ।’
महाअभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले भने, ‘प्रहरीले राम्रो काम गरिदेओस् भन्ने सबैलाई हुन्छ र त्यो हुनु पनि पर्छ।’
खनालले नेपालका सीमावर्ती इलाकामा हुने गरेको अवैध मदिरा धन्दा र भारतीय सीमामा खुला बिक्री हुने गरेको लागु पदार्थ नियन्त्रणका लागि केन्द्रस्तरबाटै भारतसँग कुरा गर्नका लागि पहल गर्ने प्रतिवद्धता जनाए।
उनले भने, ‘भविष्यका कर्णधारहरु अहिले लागु पदार्थको कुलतमा फसिरहेको अवस्था छ, जुन दर्दनाक छ। यहाँहरुले उठाउँदै आउनु भएको सीमावर्ती क्षेत्रमा हुने लागु पदार्थ व्यापार र मदिरा बिक्रीमा नियन्त्रणका लागि म केन्द्रस्तरबाटै पहल गर्छु।’
प्रहरीमाथि गरिने आशंकाका कुरा अब छोडिदिन उनले सर्वसाधारणसँग आग्रह गरे । उनले भने, ‘अब प्रहरीले तीन÷तीन महिनामा सार्वजनिक सुनुवाई गरेर सर्वसाधारणलाई आफूले गरेका प्रगति सार्वजनिक गर्नुपर्नेछ।’
कार्यक्रममा दुर्घटना महाअभियानका संयोजक महेन्द्र गिरीले ३५ लाखभन्दा बढीका सामग्री प्रहरीलाई हस्तान्तरण गरे। जसमा १० थान मोटरसाइकल, १० थान ब्रेथ लाइजर, १० थान विल लक र ७०० थान चालकलाई पोशाक छन्।


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

Advertisement
Advertisement

Subscribe our Newsletter