फेकनको फुटसल भोलिबाट, जापानको टोली घोषणा

2019-08-22

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्स संघ, नेपाल (फेकन) ले भदौ ६ र ७  गते (अगष्ट २३ र २४) फुटसल प्रतियोगिता गर्ने भएको छ । फेकनका सहकोषाध्यक्ष तथा टुर्नामेन्टका सह संयोजक अनिल शर्मा पौडेलले कार्यक्रमको तयारी भइसकेको बताए । 
फेकनसँग आबद्ध कन्सल्टेन्सी र यसमा कार्यरत कर्मचारीहरु सहभागी हुने जनाइएको छ । वालुवाटारमा हुने प्रतियोगीतामा १० देखि १२ वटा समूहको सहभागिता हुने आयोजकले जनाएको छ । 
फेकन अध्यक्ष युवराज कटुवालले व्यवसायीहरुबीच आपसी समझदारी कायम गर्ने र एक आपसमा सहकार्य र सहयोग गरेर जाने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताए । अध्यक्ष कटुवालले सबै व्यवसायीहरुबीचको एकता अहिलेको आवश्यकता भएकाले आफूहरुबीच देखिएको मनमुटाव र असझदारी पनि यो कार्यक्रमबाट अन्त्य हुने बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ मेडल र ट्रफि, द्वितीय हुनेलाई ३० हजार रुपैयाँ मेडल र  ट्रफि, तृतीय हुनेलाई २० हजार रुपैयाँ मेडल र ट्रफि पुरस्कार दिइनेछ । त्यसैगरी बेष्ट प्लेयर र हाई स्कोररलाई पनि पाँच हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ । फेकन फुटसल टुर्नामेन्ट–२०१९ नाम दिएको यो प्रतियोगीतामा सहभागीका लागि आयोजकले सम्बन्धित सबैलाई आग्रह गरिसकेको छ । 
जापान विभाग प्रमुखसमेत रहेका फेकनका सहकोषाध्यक्ष तथा टुर्नामेन्टका सह संयोजक अनिल शर्मा पौडेलले टुर्नामेन्टले यो व्यवसायमा एउटा सकारात्मक सन्देश छोड्ने दावी गरेका छन् । 
कार्यसमिति सदस्य समेत रहेका कार्यक्रमका संयोजक तथा अन्तर्राष्ट्रिय विभागका प्रमुख उमेश कुशवारले आगामी दिनमा पनि व्यवसायीका पक्षमा यस्तैखाले कार्यक्रम गर्दै जाने बताए । उनले फेकन सामाजिक संस्था पनि भएको र समाजमा आइपरेका हरेक दुःखमा सहभागी भएर राहत र उद्धारको काममा लागि परेको बताए । टुर्नामेन्टमा कार्यसमिति सदस्य हेमन्तराज दुलाल र बालकृष्ण विष्ट पनि सदस्य रहेका छन् । आयोजकले प्रतियोगितका लागि ६ देखि साढे ६ लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरेको छ ।
विद्यार्थी जापान पठाउने कन्सल्टेन्सीहरुले यसअघि नै आफ्नो टीम घोषणा गरेका छन् । हेमन्तराज दुलाल टिमको म्यानेजर, विश्व पराजुली कोच, अनिल शर्मा पौड्याल क्याप्टेन र अर्जुन बस्नेत सह क्याप्टेन रहेका छन् । यो टीमबाट डीडास योकोसो, असाही, स्काई लाइन, स्पेसल, मिन्ना नो वकाबा, वल्र्ड ब्रिज, माउन्टेन फुजी र डाइमण्डले खेल्ने छन् । यो समूहलाई सार्थक इन्भेष्टमेन्ट कम्पनी प्रालिका निर्देशक कोषराज गिरीले प्रायोजन गरेका छन् । 

 


फेकनको फुटसल भोलिबाट, जापानको टोली घोषणा

Click to Zoom




Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

भदौदेखि बहुबिबाह दर्ता नहुने

काठमाडौं । भदौ १ गतेदेखि बहुविबाह दर्ता नहुने भएको छ । अहिलेको कानुनले कसैले बहुविबाह गरे र पीडित पक्षले मुद्धा...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट,...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ ः कानूनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको...

Advertisement
Advertisement

Subscribe our Newsletter