फेदीखोला गाउँपालिकाले मनायो शिक्षा दिवस

9 दिन अगाडी

स्याङ्जा । ४० औं राष्ट्रिय शिक्षा दिवसको पुर्वसन्ध्यामा फेदीखोला गाउँपालिका स्याङ्जाले बुधबार गुणस्तरीय शिक्षामा आइसिटीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिका अन्र्तगतका ७ वटा विद्यालयका सहभागिता रहेको प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालयकासाकार बस्नेत प्रथम भएका छन । त्यसैगरि दामगाडे माध्यमिक विद्यालयकी अमृता गुरुङ द्वितीय भएकी छिन् भने तृतीय स्थानमा जनआदर्श माविका सविन पौडेल रहेका छन् । जनप्रिय माविका पृथ्वी क्षेत्रीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । 
प्रथम स्थान जित्न सफल बस्नेतले आइसिटीको बढ्दो उपयोगसँगै यसबाट सिर्जित हुन सक्ने नकरात्मक गतिवधीलाई रोक्न पनि शिक्षा आवश्यक रहेको बताए । आइसिटीको प्रयोगले नै शिक्षण सिकाईलाई प्रभावकारी, रोचक बनाउनुको साथै ज्ञानको दायरा फराकिलो बनाउने बताए । त्यसैगरि द्वितीय छात्रा गुरुङले आइसिटीले विश्वलाई साँघुरो कोठामा परिवर्तन गरेको बताउँदै वर्तमान युगमा सिक्ने, टिक्ने र बिक्ने शिक्षा नै आइसिटी शिक्षा रहेको बताइन् । सान्त्वना स्थानका विद्यार्थी पृथ्वी क्षेत्रीले विकसित देशहरु सुचना प्रविधीकै कारण अब्बल स्थानमा रहेको बताउँदै नेपालमा पनि आइटी प्रविधीलाई विस्तार गर्नुको विकल्प नरहेको बताए । तृतीय स्थानकाछात्र पृथ्वी क्षेत्रीले परम्परागत तथा घोकन्ते पढाई शैलीलाई विस्थापित गर्न शिक्षकहरुले प्रविधीलाई आत्मसात गर्नुपर्ने बताए । 
कार्यक्रमका सहभागी विद्यार्थीले गाउँपालिकाले शैक्षिक क्षेत्र तथा विद्यालयमा सुचना प्रविधिमा विधामा गरेको प्रयासले आफूहरु धेरै लाभाविन्त भएको बताएका थिए । विद्यालयमा दक्ष आइटी शिक्षकको व्यवस्था, इन्टरनेट तथा इलाइब्रेरीको पहुँचले शिक्षण सिकाइमा उल्लेखनिय सुधार भएको तर्क प्रस्तुत गरेका थिए । 
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका शिक्षा समिति संयोजक तथा अध्यक्ष घनश्याम सुवेदीले सहभागी विद्यार्थीले प्रतियोगितामा दिएको प्रस्तुतीले सुचना प्रविधिप्रतिको लगाब तथा खोज तीब्र रुपमा देखिएको बताए । सुचना प्रविधिले नै गर्दा अहिलेको पुस्ताका विद्यार्थीहरु शिक्षक भन्दा बढि अपडेट हुन थालेको अध्यक्ष सुवेदीको तर्क रहेको थियो । शिक्षकलाई प्रविधिमैत्री बनाई शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले एक शिक्षक एक ल्यापटप, शैक्षिक सफ्टवयर, विद्यार्थीसँग अध्यक्ष जस्ता कार्यक्रम कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए ।
गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष देवी थापा, प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माको सहभागिता रहेको थियो ।
यसैबीच गाउँपालिकाले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आइतबारसिद्धार्थ माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गर्ने भएको छ । 
 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter