बढी हयान्डसम भएपछि कारवाहीमा

2018-03-15

बढी  ह्यान्डसम भएकै कारण चीनमा एक विमानस्थल कर्मचारी कारवाहीमा परेका छन् । ती प्राविधिक कर्मचारी चीनको दक्षिणपूर्वी सियामेन एयरपोर्टको रनवेमा हिँडिरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । अन बोर्ड रहेका एक प्यासेन्जरले उनलाई झ्यालबाट आफ्नो क्यामरामा कैद गरेका थिए ।
चीनको लोकप्रिय सर्टं भिडियो प्लेटर्फम ‘टिक टक’उनले सो भिडियो पोष्ट गरिदिए जसलाई छोटो समयमै १० लाख जनाले हेरे । धेरैले उनलाई साउथ कोरियन सुपरस्टार सोङ जुङ किसँग तुलना गरे ।
तर, यो खबर सुनेपछि ती प्राविधिकको कम्पनीले उनलाई १० प्रतिशत तलब कटौति गरिदिएको छ । भिडियोमा उनको लुगा रफ देखिएको तथा उनले गोजिमा हात हालेकाले यो कम्पनीको आचारसंहिता विपरीत हुँदा जरीवाना गरिएको कम्पनीको तर्क छ ।
‘भिडियोले यस कम्पनीको बारेमा नकारात्मक सन्देश दिएकाले जरिवाना गर्नैपर्ने देखियो,’ कम्पनीद्वारा जारी सूचनामा भनिएको छ ।
चीनको चर्चित माइक्रोब्लगिङ साइट वेइबोमा धेरैले कम्पनीको यो कदमको आलोचना गरेका छन् ।
एकजनाले लेखेका छन्, ‘म उनका निम्ति दुःखी छु । सायद अत्यधिक ह्यान्डसम देखिएकाले कारवाही खेप्ने उनी संसारकै पहिलो व्यक्ति हुनुपर्छ ।’
धेरैले उनको बोस आफ्ना कर्मचारी धेरै ह्यान्डसम देखिएकोमा जलेको टिप्पणी पनि गरेका छन् । कसैले चाहिँ कम्पनीको निर्णयलाई समर्थन गरेका छन् ।
कारबाही भोग्ने कर्मचारीले भने कम्पनीको निर्णयप्रति आफ्नो कुनै गुनासो नरहेको बताउँदै आफ्नो स्टाइल मन पराउनेहरुलाई धन्यवाद दिएका छन् ।
‘इमान्दारिताका साथ भन्नुपर्दा, म धेरै खुशी छु । किनकी छोटो समयमा प्रख्यात हुन सजिलो छैन । मेरो कम्पनीले केही गलत गरेको छैन । राम्रो ड्रेसमा अनुशासित भएर नहिँड्नु मेरै गल्ति थियो ।’ उनले लेखेका छन् ।
भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्तिलाई गाली नगर्न पनि उनले आग्रह गरेका छन् ।–एजेन्सी


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter