बबई नदी तटबन्धन तीव्र

2018-06-09

गुलरिया, बर्दिया । बबई–भादा– औरही नदी व्यवस्थापन आयोजनाले बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरेको तटबन्ध निर्माण तीव्र गतिमा भइरहेको छ । छयालीस किलोमिटर क्षेत्रफल तटबन्धन गर्दै बारबर्दिया गुलरिया जोखिम क्षेत्रलाई पूर्णरुपमा सुरक्षित गर्न लागिएको छ । तीन वर्षभित्र बर्दियालाई पूर्णरुपमा सुरक्षित गर्ने योजना छ । योजनानुसार रु तीन अर्ब ९२ करोड लागतमा २८ किमी तटबन्ध निर्माण हुने नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना कार्यालय प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो ।
बबई नदीको दुईतर्फ नै तटबन्ध निर्माण हुनुपर्ने बर्दियालीको माग रहेको बारबर्दिया नगरपालिका प्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो । “बबई नदी दीर्घकालीन रुपमा नियन्त्रण नहुँदा वर्षेनी बस्तीमा नदी पस्छ”, उहाँँले भन्नुभयो, “योजनाअनुसार तटबन्धको काम भएको देख्दा खुशी लागेको छ । बबई भादा औरहीको काम शुरुको चरणमा छ । नदी व्यवस्थापन आयोजनाले तटबन्धका लागि चार महिनाअघि बबईको शाखा नदी नियन्त्रण गर्न छुट्टै कार्यालयको स्थापना गरेको छ ।”
तटबन्ध निर्माणले पूर्णता नपाउँदा यस वर्ष गुलरियासहित चार नगरपालिका बाढीको जोखिममा छन् । योजनानुसार बन्ने एकतर्फी तटबन्धले भविष्यमा बबईको भेल थेग्न सक्दैन । नदी किनारमा बसोबास गर्ने सधैँ बाढीको त्रासमा रहिरहने स्थानीयवासीको गुनासो छ ।
कतिपय ठेक्का सम्झौताको प्रक्रियामा भएकाले अर्को आर्थिक वर्षदेखि तटबन्धको काम शुरु हुनेछ । आयोजना प्रमुख सुवेदीले भन्नुभयो, “बबई नदी नियन्त्रणका लागि संशोधित योजनामा रु १३ अर्ब माग गरिएको छ जसबाट बबई नदीको दुवैको किनारमा तटबन्ध निर्माण गर्न सकिन्छ ।” 
विसं २०५५ मा बबई नियन्त्रणका लागि जाइकाले गरेको सर्भेअनुसार काम नभएकामा बर्दियाका बासिन्दा दुःखी छन् । बबई परेवा ओढारदेखि भारतको सीमासम्म नदी नियन्त्रणका लागि कार्ययोजना बनाइएको थियो । बर्दियाका चार नगर सुरक्षित गर्न २०५५ मा सर्भे गरेर काम थालेको जाइकालाई अर्को ठाउँमा लगिएकाले वर्षेनी सर्वसाधारण जनताले दुःख पाएका छन् र घरबारविहीन हुन बाध्य छन् । जाइकाले गरेको सर्वेक्षणमा तटबन्ध निर्माण गरिने, बाढी नियन्त्रण गर्ने र स्थानीय बासिन्दालाई जीविकोपार्जन गर्ने योजना बनाइएको थियो । एक स्थानीयवासीका अनुसार जाइकालाई अर्को ठाउँमा लगियो, यहाँका नेताको पहुँच पुगेन, जाइकाले गरेको सर्वेक्षण राजनीतिक प्रभावका कारण पूर्व स¥यो ।
लट्कानीय, गुरुवागाउँ, रामपुर टापु, कुसुमडाँडा, घोरपित्ता, पडनाहा, पण्डितपुर, टरुवा, भैसाही, बालापुर, जब्दीघाट, बिक्री प्रयागपुर, कोठीया ठप्पुवा, पशुहाट बजार, भैसायी, गुलरिया र टडुवा बस्तीमा नदी पस्ने जोखिम यस वर्ष टरेको स्थानीय बासिन्दाले बताएका छन् । तटबन्ध भएपछि एक हजार ९८५ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । बगनाहा, ढोढरी, सानोश्री, बानियाभार, पडनाहा र धधबारमा पनि काम अघि बढेको छ ।
अघिल्लो वर्ष बबईमा आएको बाढीले नगरपालिकाका अधिकांश बस्तीमा क्षति पु¥याएको स्थानीयवासी मोहनकुमारी फुयाँलले बताउनुभयो । बाढीले बगाउँदा ३४ जनाको मृत्यु भएको तथ्यांक छ । सांसद तिलक शर्मा बबई नदी नियन्त्रण गर्न सकेमा खेतीयोग्य पाँच हजार बिघा जमीन उकासिने र बर्दियाको सदरमुकाम सुरक्षित हुने बताउनुहुन्छ ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter