बर्दिया । बर्दिया गुलरीया नगरपालीका वडा नं.८ आशापुर स्थित बुढा खोलामा बस्ने बर्ष ५१ को जगतनाथ लोध जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । मंसिर १० गते राती ८ बजेको समयमा पेट दुख्ने बिरामी भएकी आफ्नै छिमेकि महिलालाई झारफुक गर्ने बहानामा गाँउकै बुढिया खोलामा लगी लोधले जबर्जस्ती गर्न खोजेको पिडीतको आरोप छ । तिम्रो श्रीमान यता आउन मिल्दैन भनि निज पिडितको श्रीमानलाई करीब आधा किलोमिटरको दुरीमा राखी पिडितलाई मात्र लगी केहीबेर झारफुक गरे जस्तो गरेको केही बेर पछी निजले आफ्नो लुगा समेत खोली जबरजस्ति करणी गर्ने प्रयास गर्न थालेपछि पिडीत झाकृको पन्जाबाट फुत्केर स्थानबाट भागेकी थिइन्। आफु बलात्कृत हुनबाट बचि तत्काल प्रहरीलाई खबर गर्नासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डको प्रहरी टोलिले निज पिडक झाक्री जगतनाथ लोधलाई पक्राउ गरी यस कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए।