बर्दियामा २५ जनाले कोरोना जितेर घर फर्के

19 दिन अगाडी

बर्दिया । बर्दियामा हालसम्म कोरोना जितेर घर फर्कनेको संख्या २५ पुगेको छ । आइतवार मात्रै राजापुर आइसोलेसनबाट ४ जना, बाँसगढीबाट ७ जना र खजुरा आइसोलेसनबाट १ जना गरी १२ जना डिस्चार्ज भएका छन् ।  
 हालसम्म गुलरिया नगरपालिकाका ७ जना, बासगढी नगरपालिकाका ६ जना, राजापुर नगरपालिकाका ८ जना र बढैयाताल गाउँपालिकाका ४ जना गरि जम्मा २५ जना डिस्चार्ज भै घर फर्केको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्ण गोपाल चौधरीले बताए । विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले बर्दियामा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता बर्दियामा संक्रमण निकै देखिएको छ । 
बर्दियामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अञ्चल अस्पतालमा गरिएको ‘पीसीआर’ परीक्षणमा जिल्लाको एक स्थानीय तहका विभिन्न ‘क्वारेन्टिन’मा रहेका ३ जनामा कोरोना संक्रमण देखिएको हो । आइतवार संक्रमण पुष्टि भएकाहरुमा ठाकुरवावा नगरपालिकाका ३ जना  रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण देखिएको प्रमुख गिरीले बताए । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५४ पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म बढैयाताल गाउँपालिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । बढैयातालमा हालसम्म कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । भने सबैभन्दा कम १ जना मात्र संक्रमित गेरुवा गाउँपालिकामा छन् ।
मधुवन नगरपालिकामा २८ जना, गुलरिया नगरपालिकामा २६ जना, बासगढी नगरपालिकामा २० जना हालसम्म संक्रमित रहेका छन् ।
राजापुर नगरपालिकामा १५ जना, बारबर्दिया नगरपालिकामा ८ जना र ठाकुरबाबा नगरपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter