बाँकेमा बालविवाहविरुद्ध किशोरी क्लब

10 महिना अगाडी

नेपालगञ्ज । बाँकेमा कानूनविपरीत बालविवाह गर्न पाउनुपर्ने माग गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन किशोरी क्लबहरुले माग गरेका छन् ।
सोह्र वर्षमै छोरीको विवाह गर्न पाउनुपर्ने भन्दै उठाइएको मागको प्रतिवाद गर्दै बाँकेका स्थानीय तहस्तरीय किशोरी क्लबहरूले यही साउन ३१ गते जिल्लाका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने भएका छन् । 
“कम उमेरमा विवाह गर्दा बालिकाको स्वास्थ्य, शिक्षा र व्यक्तिगत जीवनमा पर्ने नकारात्मक असरबारे हामी जानकार छौँ”, खजुरा गाउँपालिकास्तरीय किशोरी क्लबकी अध्यक्ष दीक्षा न्यौपानेले भन्नुभयो, “तसर्थ विवाहको उमेर घटाउनेबारेको माग तर्कसङ्गत नभएकाले सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।”
उहाँका अनुसार सानो उमेरमै विवाह गर्दा हुने नोक्सानी र बालअधिकारबारे सजग बनाउन बालविवाहविरुद्ध अभियानमा सक्रिय किशोरी क्लबले जिल्लाका आठवटै स्थानीय तहमा ज्ञापनपत्र बुझाउन थालेका हुन् ।
सोह्र वर्षको उमेरमै छोरीको विवाह गर्न पाउनुपर्ने माग गर्दै महिलाको एक समूहले नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेमा पटकपटक ज्ञापनपत्र र धर्ना दिन थालेपछि आफूहरु त्यसको प्रतिवादमा उत्रिएको डुडुवा गाउँपालिकास्तरीय किशोरी क्लबकी सहसचिव प्रमिला हरिजनले बताउनुभयो ।
जानकी गाउँपालिका वडा नं ६ का रामदेव मिश्रले कानूनविपरीत १६ वर्षको उमेरमै विवाह गर्न पाउनुपर्ने भन्दै दूधेबालकसहितका महिलालाई प्रदर्शनमा ल्याएको पाइएको छ । बीस वर्षको उमेरमा बिहे गराउँदा ‘मधेसी समुदाय’का चेलीलाई समस्या हुने जिकिर गर्दै १६ वर्षमै विवाह गर्न पाउने व्यवस्था मिलाउनुपर्ने माग राखेको मिश्रले बताउनुभयो ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter