बाँचिएला जस्तो लागेको थिएन, पुनःजीवन पाएँ

2 महिना अगाडी

काठमाडौं ।  “कोरोना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु।” यो भनाइ कोरोना सङ्क्रमण भई उपचार पश्चात निको भएर घर फर्केकी पोखरा महानगरपालिका(१९ लामाचौरकी ८८ वर्षीया देवीकुमारी गुरुङको हो।
कोरोना सङ्क्रमण भई पोखरा–३१ मोहोरियास्थित प्रदेश सङ्क्रमण तथा सरुवा रोग अस्पतालमा गत साउन २६ गते भर्ना भएकी गुरुङ साउन ३२ गते आइतबार निको भएर विदाइ हुँदा हर्षित देखिन्थे।
“बूढेसकालको शरीर कोरोना जस्तो डर लाग्दो रोग लागेपछि घर फर्कने आश मारेकी थिएँ”, उनले भन्नुभयो, “अस्पतालका नानीबाबुको माया एवं व्यवहारले आत्मविश्वास बढ्यो र रोगलाई जितेर अहिले पुनःजीवन पाएजस्तो लागेको छ।”
विदाइ कार्यक्रममा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश विधायन समितिका सभापति मोहन रेग्मी, गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्मा, स्वास्थ्यकर्मी, जनप्रतिनिधि सहित सञ्चारकर्मीतर्फ फर्केर हँसिलो अनुहारमा अभिवादन गर्दै गुरुङले भनिन्न्नु, ‘आत्मविश्वास बढाएमा कोरोना रोग लाग्दैमा डराउनु पर्ने रहेनछ।”
कोरोना सङ्क्रमण देखिएर अस्पताल जाँदा राम्रो व्यवहार नपाउने हो कि भनेर डरलागेको उनले बताइन्। एक हप्ता अस्पतालमा उपचार गर्दा राम्रो सुविधा पाएको र निको भएको गुरुङसँगै घर फर्कन लागेका अन्य नौ जनाले पनि उपचार सेवाको प्रशंसा गरे।
प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पतालबाट पहिलो पटक गुरुङसहित १० सङ्क्रमित निको भएर घर फर्किएको अस्पतालका कार्यवाहक मेडिकल सुपरिटेन्डेन्ट डा त्रिभुवन भण्डारीले जानकारी दिए।
उनका अनुसार साविक लायन्स सामुदायिक अस्पतालबाट गण्डकी प्रदेश सङ्क्रमण तथा सरुवा रोगमा परिणत भएको अस्पतालमा हाल २६ सङ्क्रमितको उपचार भइरहेको छ ।
“अस्पतालमा हाल ३४ आइसोलेसन कक्ष छन्”, डा भण्डारीले भने, ‘बिरामीको आवश्यकता एवं सरकारको नीति नियमअनुसारनै सेवा प्रदान गरेका छौँ। अस्पतालमा ३४ स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएका छन्।” गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा शर्माका अनुसार प्रदेशका विभिन्न अस्पतालमा हाल २०९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ। (रासस)


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter