बालकुमारीमा संगीतमय साँझ

2018-07-29

बाबुकाजी श्रेष्ठ
मध्यपुर थिमि, १३ श्रावण– युवाहरुलाई सकारात्मक सोच, शिक्षामा दक्षता र क्रियाशील बनाउने सगरमाथा समूहले “व्यावहारिक ज्ञान र अनुभवका लागि नौलो चिन्तन र नविन दृष्टिकोष” भन्ने मूल नाराका साथ १६ औं वार्षिकत्सोवको उपलक्ष्यमा सगरमाथा संगीतमय सा“झको आयोजना गरियो ।
प्रदेश नं. ३ का आन्तरिक तथा कानूनमन्त्री शालिकराम जमक“टेलले पानसमा दीप प्रज्वलित गरी उद्घाटन गर्नुभएको उक्त संगीतमय सा“झलाई सम्बोधन गरी नेपालको पहिचान भनेकै हाम्रो कला, संस्कृति र सांस्कृतिक धरोहर हुन । त्यसकारण यसलाई हामीले संरक्षण र संवद्र्धन गर्नु जरुरी छ । आज यस सगरमाथा समूहले गरिरहेको कार्यप्रति आभार व्यक्त गर्दै सधैं सहयोग गरिरहने प्रतिवद्धता गर्ने बताउनुभयो ।
संस्थाले गत असोज १ गतेदेखि आठ महिनासम्म प्रशिक्षण लिएका बासुरीवादक कलाकारहरुले बासुरी वाद्यको माध्यमबाट कार्यक्रमका सहभागीहरुलाई मोहित पारेका थिए । विभिन्न गीतको बोलमा बासुरीवादन प्रस्तुत गरेको थिए ।
सगरमाथा समूहका अध्यक्ष कृपा श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा जनप्रेमी कलेजका प्रिन्सिपल निमेश आचार्य, परिवार नियोजन संघ काठमाडौं उपत्यका  शाखाका शाखा प्रवन्धक.शरद अर्याल, मध्यपुर थिमि न.पा. वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठ, पूर्व एआईजी डा. ठाकुरमोहन श्रेष्ठ, प्रदेश नं. ३ क्षेत्र नं. २ खका सभासद् डा. राजेन्द्रमान श्रेष्ठलगायत वक्ताहरुले समाज परिवर्तनका लागि युवाहरुको ठूलो भूमिका रहने भएकाले राष्ट्र निर्माणका लागि युवाहरुको खा“चो रहेको बताउनुभयो ।
मध्यपुर थिमिस्थित बालकुमारी मन्दिर प्राङ्गणमा भएको उक्त सांस्कृतिक कार्यक्रममा युवा सूचना केन्द्रका सद्भाव राजदूत बक्सिङ्ग खेलाडी दिपेश श्रेष्ठलाई घोषणा गरी सम्मान गरियो । साथै कार्यक्रममा सहयोग गर्नुहुने महानुभाव तथा संघसंस्थाहरुलाई कदर–पत्र अतिथिहरुबाट प्रदान गरियो भने बासुरी प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरियो । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter