बालचन्द्र शर्माको शतवार्षिकी भव्य रुपमा सम्पन्न

13 दिन अगाडी

काठमाडौं । प्रसिद्ध इतिहासकार, राजनीतिज्ञ तथा साहित्यकार बालचन्द्र शर्माको शतवार्षिकी समारोह हिजो राजधानी काठमाडौंमा सम्पन्न भएको छ । 
बालचन्द्र स्मृतिसभाद्वारा आयोजित समारोहमा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका संस्थापक उपकुलपति बालचन्द्र शर्माको शतवार्षिकी नेपाल प्रज्ञाप्रतिष्ठानले मनाउनु पर्थ्यो भन्दै प्रतिष्ठानले उहाँ जस्ता विभूतिको वास्ता नगरेकोमा दुःख मान्नुभयो । 
अरविन्द रिमालको सभापतित्वमा सञ्चालित सो समारोहमा पूर्वमन्त्री होमनाथ दाहाल, पूर्वराजदूत डा. मदनकुमार भट्टराई, बालचन्द्र स्मृतिसभाका सदस्यसचिव प्रा.प्रयागराज वाशिष्ट र कोषाध्यक्ष कल्पना घिमिरे पत्रकार गोविन्द दुलालले  बालचन्द्र शर्माको व्यक्तित्व उपर प्रकाश पार्नु भएको थियो ।
इतिहास, साहित्य र राजनीति विषयमा बालचन्द्र शर्माका १६ वटा पुस्तक प्रकाशित छन् । उहाँ टङ्कप्रसाद आचार्यको प्रधानमन्त्रीत्वकालमा शिक्षामन्त्री हुनुहुन्थ्यो । उहाँ रूस र फ्रान्सका लागि नेपाली राजदूत पनि हुनुहुन्थ्यो ।  राजा महेन्द्रको कुलपतित्वमा स्थापित नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा शर्मा उपकुलपति हुनुहुन्थ्यो । 
महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीका अनुसार बालचन्द्र शर्मा र महाकवि लक्ष्मीप्रसाद देवकोटाको परामर्शमा राजा महेन्द्रबाट नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको स्थापना भएको थियो ।
१९७६ भदौ ३ गते भारतको इलाहवादमा जन्मेका शर्माको २०३२ असार ६ गते काठमाडौंमा निधन भएको थियो । त्यति बेला उहाँ फ्रान्सका राजदूत हुनुहुन्थ्यो ।


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter