बाह्य लगानी जुटाउने वातावरण बनाइनुपर्छः पूर्व प्रधानमन्त्री नेपाल

1 महिना अगाडी

काठमाडौ ।  नेकपाका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बाह्य लगानी जुटाउनका लागि सरकारले उपर्युक्त वातावरण सृजना गर्नुपर्ने सुझाव दिनुभएको छ ।
गैर आवासीय नेपालीलाई मात्र नभै विदेशीहरु पनि नेपालमा लगानी गर्नका लागि पूर्वाधार बनाउनुपर्ने उहाको धारणा थियो ।
‘नेपालमा घुम्नको लागि होस्, लगानी गर्नको लागि होस्, विकास निर्माणमा लगानी गर्न होस्, नेपाल उत्तम गन्तव्यस्थल बनाउनुपर्छ । यसका लागि हामीले सबै न्यूनतम पूर्वाधारहरु तयार गर्नुपर्छ, अनुकूल वातावरण सिर्जना गर्न सक्नुपर्दछ’, नेपालले भन्नुभयो ।
समृद्ध नेपाल निर्माणमा एनआरएनहरुको भमिका विषयमा सञ्चार केन्द्र नेपालले शनिवार काठमाडौंमा गरेको कार्यक्रमका प्रमुख वक्ता नेपालले सडक होस् या सामुन्द्रिक बाटो, विकासका लागि मुख्य आधार हुने भएकाले सरकारले त्यसलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।  
‘विकसित मुलुकहरु अमेरिका र भारतको राम्ररी अध्ययन गर्ने हो भने तपाईहरुले देख्नुहुन्छ बाटोको निर्माण । उनीहरुले पछि (१÷२ सय) वर्ष सम्मको कुरालाई ध्यानमा राखेर बाटोको निर्माण गरेको छ । तर हाम्रोमा बाटो निर्माण संकुचित प्रवृत्तिको छ’ नेपालले बताउनुभयो ।
 हामीले सयवर्षभित्र ८ लेनको वा १२ लेनको बाटो चाहिन्छ भने अहिल्यै १२ लेनको बाटो बनाउने होइन तर जग्गा भने छुट्याउनुपर्दछ । अहिले २ लेनको मात्र आवश्यक छ भने २ लेनको मात्र बनाउनुपर्छ  आवश्यकता अनुसार त्यसलाई थप्दै थप्दै जानुपर्ने उहाको भनाई छ ।
उहाँले एनआरएनमा शुक्रबार मात्रै निर्वाचित कुमार पन्तसहितको प्यानललाई बधाई दिंदै स्वदेशमा समृद्धिको अभियानमा सघाउन आग्रह पनि गरेका थिए ।
कार्यक्रममा बोल्दै दक्षिण कोरियाका एनआरन नेता डा.देवीबहादुर बस्नेतले नेपालले अहिले स्थायी सरकार भएकाले बाह्य लगानी भित्र्याउने वातावरण बनाउन सुझाव राख्नुभएको थियो । पहिले देशभित्रै समृद्धिको आधार खोजेपछि मात्रै बाह्य विकल्पमा लाग्न सरकारलाई आग्रह पनि गर्नुभयो । त्यसका लागि पूर्वाधार र अन्य वातावरण हुनुपर्ने बताउनुभयो ।
त्यस्तै एनआरएन अष्ट्रेलियाका नेता देवबहादुर गुरुङ्गले नेपाल र नेपालीमाझ आफूहरु जहा रहेपनि सदा सेवा गर्न तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा एनआरन जापानका नेता महेन्द्रकुमार श्रेष्ठ, सञ्चार केन्द्रका अध्यक्ष गोविन्दप्रसाद चौंलागाईसहितले एनआरएनको भूमिकाबारे बोलेका थिए । कार्यक्रमको सञ्चालन दुर्गा चौलागाईंले गर्नुभएको थियो । 

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter