बाह्रखरी बुक्सको पहिलो पुस्तक ‘बीपीको विद्रोह’ आउँदै

2018-11-20

काठमाडौँ । पत्रकार जगत नेपालको अनुसन्धानात्मक कृति ‘बीपीको विद्रोह’ शुक्रबार सार्वजनिक हुने भएको छ । पुस्तकलाई बाह्रखरी बुक्सले बजारमा ल्याउन लागेको हो ।
प्रकाशन गृहको पहिलो पुस्तक समेत रहेको कृतिमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाबारे सुक्ष्म अध्ययन, स्थूल वर्णन गरिएको छ ।
प्रजातान्त्रिक समाजवादका प्रवर्तक एवम् राजनेता बीपी कोइरालाका राजनीतिक जीवनका लुप्त पाटा र विद्रोहको आयामलाई नेपालले पुस्तकमा समेटेका छन् ।
त्यस्तै पुस्तकमा नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि बीपीले गरेको सङ्घर्ष, चालेको कदम, उनको विद्रोही चेत र विद्रोहको आयातनको मिहीन ढंगले विवेचना गरिएको छ ।
नेपाली वाङ्मयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैलीका प्रवर्तक समेत मानिएका बीपीका आफ्नै आत्मपरक कृति (आफ्नो कथा र जेल जर्नल) पनि प्रकाशित छन् ।
तर, नेपालले बीपी स्वयम्ले उजागर नगरेका र उजागर गर्न बाँकी रहेका छिरलिएका तथ्यलाई एकत्रित गरेर आफ्नै आँखाले हेर्ने प्रयत्न गरेका छन् ।
त्यस्तै समकालीन नेताको आँखाबाट बीपीलाई ठम्याउने प्रयत्न समेत गरेका छन् । बीपीबारे लामोसमयदेखि खोज, अध्ययन, अन्वेषण गर्दै आएका सर्जक नेपालका ‘पहिलो संसद– बीपी महेन्द्र टकराव’ ‘आफ्नै कुरा, गिरिजाप्रसाद कोइरालाको जीवनी’, ‘सदन,सत्ता र सडकमा नेपाली कांग्रेस’ लगायत पुस्तक प्रकाशित छन् ।
शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच पूर्वराष्ट्रपति रामवरण यादवले कृति विमोचन गर्ने कार्यक्रम रहेको बाह्रखरी बुक्सका सम्पादक राजेन्द्र पराजुलीले जानकारी दिएका छन् ।
साथै कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसहित राजनीतिक विश्लेषक हरि शर्मा, शिक्षाविद् केदारभक्त माथेमा, डा. ज्ञानु पाण्डेलगायतले पुस्तकबारे टिप्पणी गर्ने कार्यक्रम रहेको छ ।

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter