बिग्रिएको छवि सुधार्दै ओली

19 दिन अगाडी

रमेश कुमार बोहोरा 
काठमाडौ सरकारले संविधान संशोधन गरेको छ । संसदका दुवै सदनबाट संविधान संशोधन भएपछि राष्ट्रपतिले प्रमाणीकरण पनि गरेकी छिन् । नेपालको निशान छाप परिवर्तन भएर राजपत्रमा पनि प्रकाशित भइसकेको छ, अब सरकारी कामकाजमा र चलनचल्तीमा यही छाप प्रयोग हुने छ । संविधान संशोधनमा सबै दल एकमत भएर सकारात्मक सन्देश दिएका छन् । अरुबेला सानातिना कुरामा पनि विभाजित हुने र सधैं द्धन्द्ध निम्त्याउने ती दलहरुको एकता उदाहरणीय भएको भन्दै प्रशंसा गरिएको छ । संसदमा उपस्थित सबै सांसदले संशोधनको पक्षमा मतदान गरेका थिए । सरकारले मन्त्रिपरिषद्को जेष्ठ ५ गतेको बैठकबाट नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरे अनुसार नै ७ गते नयाँ नक्सा सार्वजनिक भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सामात्र होइन भूमि नै ल्याएर देखाइछोड्ने अडान लिँदै आएका छन् । नेपालले संविधान संशोधन गरेकै दिन भारतले आपत्ति जनाएको छ । भारतले भने वार्ताको वातावरण बिथोलिएको समेत आरोप लगाएको छ । लामो समयदेखिको बिबाद भएकाले नेपालले त्यो जमिन फिर्ता लिन सक्दैन भन्ने धेरैले अनुमान गरेका छन् । ओलीको बोली अनुसारको व्यवहार भयो भने उनले आफूलाई थप स्थापित हुने एउटा अवसर पाउने छन् । सरकार गठन हुँदा ओलीप्रति जनताको जति अपेक्षा थियो त्यो अनुसार काम नभएको र धेरै गफ र कम काम गर्ने भएकाले उनी नराम्ररी आलोचित भएका थिए र अझै पनि छन् । नयाँ नक्साले उनको बिग्रदै गएको छविलाई थोरै भएपनि सुधार गरिदिएको छ तर भूमि नै फिर्ता गराउन सके भने उनी साँच्चै राष्ट्रवादी नेताका रुपमा ठहर हुने छन् नेपालले सधैं अन्तिम अवस्थामा मात्र आएर महत्वपूर्ण निर्णय गर्ने गरेको छ । गत कार्तिक १६ गते नै भारतले नेपालको भूमि प्रकाशित गरेर नक्सा सार्वजनिक गरेपनि नेपाल सरकार चुपचापजस्तै लागेको थियो । एक सातापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सबैजसो नेताले परराष्ट मन्त्रालयको भर पर्न नहुने र प्रधानमन्त्रीस्तरीय नै वार्ता गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई पहलकदमी गर्न सुझाव दिएका थिए । सरकारले सामान्य विज्ञप्ती निकाल्नुबाहेक हामी गम्भीर छौं भनिएपनि युद्ध स्तरमा चासो नदेखाएकाले भारतले पटकपटक नेपाललाई हेप्दै आएको थियो । ओलीले नक्सामात्र प्रकाशित गर्ने र सधैं भारतसँग छलफल भइरहेको छ भन्दै काम नगर्ने चलख्याँई गर्छन् कि भन्ने आशंका पनि जिवित छ, यदी नियतवश रुपमा भारतलाई चित्त बुझाउन र सरकारको आयु बढाउन त्यसै गर्छन् भने जनताले अवश्य पनि बुझ्ने छन् । नेपालको राजनीतिमा भारतको प्रतक्ष्य संलग्नता हुने भएकाले पनि भारतविरुद्ध गए सरकार ढुलमुल हुने भएकाले सरकार र मन्त्रीहरु जे छ त्यसलाई कडा रुपमा राख्न पनि सक्दैनन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि पटकपटक भारतसँग वार्ताको प्रयास भइरहेको र भारतले समय नदिएको प्रतिक्रिया दिँदै आएका छन् । यो सिमा बिबाद धेरै पुरानो भएकाले दुई देशसँगको मात्र विषयमात्र पनि छैन । दुवै देशले यो भूभाग आफ्नै भएको दावी गरेपछि वास्तविक रुपमा यो जमिन कसको भन्ने विषय निकै गम्भीर बनेको छ । नेपालले आफ्नै भएको सबै प्रमाण सुरक्षित रहेको दावी गरेको छ । गत बैशाख २६ गते भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालको बाटो हुँदै कैलाश मानसरोवर जाने बाटोको उद्घाटन गरेपछि बिबादले झन् उग्र रुप लिएको थियो ।
(पत्रकार बोहोरा आलोचना राष्ट्रिय साप्ताहिकका कार्यकारी सम्पादक हुन्)


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter