बिपीलाई ‘नेपालरत्न’, शेरचनलाई ‘महाउज्ज्वल राष्ट्रदीप’

2018-09-04

काठमाडौं, भदौ १९ गत । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई म‌गलबार विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गरेकी छन्। 
गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई म‌गलबार प्रदान गरिएको हो। राष्ट्रपति कार्यालय शीतल निवासमा मगलबार गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले ती व्यक्तित्वलाई विभिन्न विभूषणबाट विभूषित गरिन्। 
सोअनुसार ‘नेपालरत्न’ विभूषण पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला ९मरणोपरान्त० का तर्फबाट उनका नाति सिद्धार्थ कोइराला तथा ‘राष्ट्रिय गौरव’ विभूषण राजनीतिज्ञ महेन्द्रनारायण निधिका तर्फबाट उनका सुपुत्र विमलेन्द्र निधिले ग्रहण गरेका थिए। 
यसैगरी महाउज्ज्वल राष्ट्रदीप विभूषण स्व शेख इद्रिस (रौतहट), स्व नोना कोइराला (मोरङ), अमिक शेरचन (चितवन), बर्मन बुढा (रोल्पा) र रामकुमारी यादव (धनुषा) ले पाएका छन्। इद्रिसका तर्फबाट मोहम्मद अफ्ताव आलम र नोनाका तर्फबाट डा शेखर कोइरालाले विभूषण ग्रहण गरेका थिए। सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई उज्ज्वल कीर्तिमय राष्ट्रदीप विभूषणले विभूषित भएका छन्। 
कार्यक्रममा प्रसिद्ध प्रबल जनसेवाश्री विभूषणबाट छ व्यक्तित्व विभूषित भएका थिए। ती विभूषण प्राप्त गर्नेमा गोपालप्रसाद पराजुली (पूर्वप्रधानन्यायाधीश), ईश्वरीप्रसाद खतिवडा (न्यायाधीश), दीप बस्न्यात (पूर्वप्रमुख आयुक्त, अदुअआ), उमेश मैनाली (अध्यक्ष, लोकसेवा आयो), राजेन्द्र क्षत्री (प्रधानसेनापति, नेपाली सेना) र लोकदर्शन रेग्मी (मुख्य सचिव) छन्। 
अषेश मल्ल (कलाकार), पूर्णचन्द्र थापा रथी बलाधिकृतको कार्यालय (नेपाली सेना(, प्रकाश अर्याल (पूर्वप्रहरी महानिरीक्षक, नेपाल प्रहरी), सिंहबहादुर श्रेष्ठ (पूर्वसशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल), शैलैन्द्र खनाल (सशस्त्र प्रहरी महानिरीक्षक), ईश्वर हमाल) उपरथी, नेपाली सेना), रवीन्द्र क्षत्री(मानार्थ उपरथी राष्ट्रिय सेवा दल, नेपाली सेना), यादवप्रसाद कोइराला९प्रशासकीय अधिकृत, कामपा), भेषनाराण दाहाल(महानिर्देशक,पुरातत्व विभाग), डा रामदयाल राकेश (साहित्यकार, सर्लाही) र प्रदीपकुमार राई ‘व्याकुल माईला’(साहित्यकार, ओखलढुङ्गा) छन्। 
राष्ट्रपति भण्डारीले सुकीर्तिमय राष्ट्रदीप विभूषण २१, सुप्रबल जनसेवाश्री विभूषण ११९, कीर्तिमय राष्ट्रदीप विभूषण पाँच, प्रबल जनसेवाश्री विभूषण १४० र जनसेवाश्री विभूषणबाट ४५ व्यक्तित्वलाई विभूषित गरिन्। 
पत्रकार विभूषित 
पत्रकार पुरुषोत्तम दाहाल सुप्रबल जनसेवाश्री, गोविन्द चिमौरिया, सचिन पोखरेल, महेश्वर दाहाल, गोविन्द आचार्य, ओम शर्मा, कृष्ण कँडेल, वसन्तप्रकाश उपाध्याय प्रबल जनसेवाश्री तथा अशोककुमार दत्त, धैर्यकान्त दत्त, दिलीप थापा मगर र सन्तोष न्यौपाने जनसेवाश्रीबाट विभूषित भएका छन्। जनसेवाश्री विभूषणबाट भने समाजसेवी सञ्जीव थापा, जोगेन्द्र भगत, हरिबहादुर भण्डारी र शोभा गुरुङ विभूषित भएका छन्। कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो। रासस


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter