बिहीबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन

19 दिन अगाडी

काठमाडौँ । यात्रु र मजदूरका लागि आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गर्दै बिहीबारदेखि देशभर सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेका छन् । सरकारले लागू गरेको बन्दाबन्दी बुधबार सम्मका लागि भएकाले बिहीबारदेखि सवारीसाधन सञ्चालन गरिँदैछ । 
स्वास्थ्य सुरक्षाको आवश्यक मापदण्ड पूरा गरी सवारीसाधन सञ्चालन गर्न लागिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र तीन मजदूर सङ्गठनले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । सरकारले सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको झण्डै दुई सातापछि यातायात व्यवसायीले सवारीसाधन सञ्चालन गर्न लागेका हुन् । व्यवसायी र मजदूर सङ्गठनका अध्यक्ष सहभागी कार्यदलले छोटो, मध्यम, स्थानीय र लामो गरी सबै रुटमा सवारीसाधन सञ्चालन गर्ने जनाएको छ । 
यातायात श्रमिकहरुको समूह कोरोना बीमाका लागि नेपाल सरकारले ५० र सम्बन्धित व्यवसायीले ५० प्रतिशत बीमाङ्क रकम उपलब्ध गराउने सहमति भएको महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताउनुभयो । यातायात श्रमिकको कोरोनाका कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि सरकारका तर्फबाट कोष स्थापना गराउने सहमति भएको छ । 
त्यस्तै, श्रमिकको आवश्यक माक्स, पञ्जा, स्यानिटाजर, पिपिई व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको छ । सरकारले सार्वजनिक यातायातमा पनि जोर बिजोर प्रणाली लागू गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कोभिड–१९ लाई मध्यनजर गर्दै तोकिएको भाडादरमा साना, मझैला र ठूला सवारीसाधन सञ्चालन गर्न हामी सबैलाई अनुरोध गर्दछौँ ।” 
विभागका महानिर्देशक, ट्राफिक प्रहरी, स्थानीय तहका प्रतिनिधि सम्मिलित बैठक बसेर आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गरी सवारीसाधन सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । सरकारले आवश्यक तयारी पूरा नहुँदै सवारीसाधन सञ्चालनको निर्णय गरेकाले तत्काल सञ्चालन गर्न नसकिएको अध्यक्ष कर्माचार्यले बताउनुभयो । सरकारले निजी सवारीसाधन सञ्चालन गरेपछि नै सार्वजनिक सवारीसाधन सञ्चालन गर्नुपर्छ भन्दै कार्यदलले विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत सरोकार राख्ने निकायलाई घच्घचाइरहेको थियो । आवश्यक छलफल र बैठक भइरहेको भए पनि तयारी पूरा नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारले निर्णय गर्दासम्म पनि सवारीसाधन सञ्चालन विधि, श्रमिकको स्वास्थ्य र सुरक्षाका विषयमा टुङ्गिएको थिएन ।”
नेपाल राष्ट्र बैङ्कले जारी गरेको मौद्रिक नीतिमा यातायात व्यवसायीलाई समेत सम्बोधन गरेको अध्यक्ष कर्माचार्यले बताउनुभयो । नीतिमा किस्ता र ब्याजमा सहुलियत र पुनः कर्जाका विषय समेटिएको छ । यसको कार्यान्वयनका लागि व्यवसायी र स्वरोजगारमैत्री कार्यविधि आउनेसमेत उहाँले विश्वास व्यक्त गर्नुभयो । व्यवसायीले सरकारसँग सवारीसाधन सञ्चालन पहिले यात्रु र चालक, सहचालकको सुरक्षाको प्रत्याभूति चाहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “त्यसका लागि हामी चालक, सहचालकलाई सुरक्षा सामग्री उपलब्ध गराउँछौँ र यात्रुले पनि माक्स लगाएर दूरी कायम गरेर बस्नुपर्छ ।”
नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले यातायात क्षेत्र ठप्प भएको अवधिमा धेरै मजदूरलाई गाँसबासकै समस्या भएको बताउनुभयो । स्थानीय तहले वडावडामार्फत राहत बाँडे पनि यातायातका मजदूरले त्यो नपाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उहाँहरुको राहत मतदाता लक्षित हुने तर हाम्रा साथीहरुको अस्थायी बसोबास भएकाले राहत पाउनुभएन ।”
नेपाल यातायत मजदूर सङ्घका अध्यक्ष धर्मराज भण्डारीले मजदूर र व्यवसायी सङ्गठन सवारीसाधन सञ्चालन गर्ने वातावरण बनाउन भन्दै  प्रधानमन्त्री, पार्टीका शीर्षनेता, कर्मचारी लगायतसँग भेटघाट गरेको बताउनुभयो । सरकारले यातायात क्षेत्रका समस्या समाधान गरेर सञ्चालनको वातावरण बनाएको उहाँको भनाइ छ ।
सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि चैत ११ देखि बन्दाबन्दी जारी गरेको थियो । सार्वजनिक सवारीसाधन चैत १० देखि नै ठप्प छन् । सरकारले गत असार १ देखि निजी सवारीसाधन सञ्चालन गर्ने र असार २६ देखि सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको थियो । 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter