बुद्धवचन अनुवाद समितिको दोस्रो वार्षिकोत्सव सम्पन्न

7 महिना अगाडी

काठमाडौं । गौतम बुद्धले सुभुति नाम गरेका शिष्यसँग गरेको कुराकानीमा आधारित प्रज्ञा पारमिता सुत्रलाई नेपाली भाषामा अनुवाद गर्दै आएको बुद्धवचन अनुवाद समितिले आफ्नो दोस्रो वार्षिकोत्सव काठमाडौँमा एक कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा  बौद्ध धर्म र दर्शनसँग सम्बन्धित विद्वान, भिक्षु, खेन्पो,  नेपाली र भोट भाषाका विज्ञ लगायतको समूहको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै अनुवाद समितिका अध्यक्ष टीका शेर्पाले प्रज्ञा पारमिता अनुवादलाई सांस्कृतिक राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको बताए । नीजि तवरबाट सुरु भएको अनुवाद कार्य एकदमै चूनौतिपुर्ण रहेपनि देशविदेशका बौद्ध अनुयायी र दाताहरुको सहयोगबाट अनुवादलाई निरन्तरता दिन सकिरहेको शेर्पाको भनाई छ । 
गौतम बुद्धले दिएका जीवनपरक उपदेशलाई अष्टसाहश्रिका पारमिता, मध्यम पारमिता र सतसाहश्रिका पारमितामा संग्रहित गरिएको छ । दुई वर्षीय अवधिमा २५ हजार पंक्तिको अष्टसाहश्रिका पारमिताको अनुवाद कार्य सम्पन्न भएको अनुवादमा सहभागि लोचवा पुण्यप्रसाद पराजुलीले बताए । अनुवाद सम्पन्न भई सम्पादन समेत सकिएको अष्टसाहश्रिका पारमिता केही समय भित्रै सार्वजनिक गर्ने तयारी बुद्धवचन अनुवाद समितिले गरेको छ ।
प्रज्ञापारमिता सुत्रलाई बौद्ध धर्मावलम्वीले गौतम बुद्धको सबैभन्दा उत्कृष्ट, गम्भिर र सत्यज्ञानयुक्त उपदेशको संगह्र मान्छन् । यसमा बौद्धधर्मका सबैजसो प्रमुख सिद्धान्त, अवधारणा र शिक्षा प्रज्ञापारमितामा संग्रहित गरिएको अनुवाद समितिका अध्यक्ष शेर्पाले जानकारी दिए । तेस्रो शताव्दीसम्म संस्कृत र आठौँ सताव्दीदखि भोट भाषामा रहेको प्रज्ञा पारमिता काठमाडौमा रञ्जना लिपिमा स्वर्ण अक्षरले लिपिवद्ध गरिएको छ ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter