बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ६७ पुग्यो

1 महिना अगाडी

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने गैर आवासीय नेपालीहरुको कूल संख्या ६७ पुगेको छ । गत जुन ३० तारिखसम्म गैरआवासीय नेपाली संघ यूकेद्वारा जारी सार्वजनिक तथ्याङ्क अनुसार ६७ जना नेपालीहरुको  कोरोनाको संक्रमणबाट निधन भएको हो । यसैगरी नेपाली दूतावास लन्डनको पछिल्लो तथ्याँकअनुसार पनि बेलायतमा हालसम्म ६७ जना नेपालीहरुको कोरोनाका कारण निधन भएको दूतावासका प्रवक्ता शरदराज आरनले जानकारी दिएका छन् ।
यसरी मृत्यु हुनेहरुमा पाँच दर्जन जति भूतपूर्व गोर्खा तथा तिनका परिवारहरु रहेका छन् । हालसम्म बेलायतको सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमणका कारण निधन हुनेमा बेलायतको ननिटन निवासी ३२ वर्षीय बिमा नाछिरिङ राई रहेकी छन् ।
गैरआवासीय नेपाली संघ यूके हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले दिएको जानकारीअनुसार बेलायतमा २ हजार ३६ जना नेपालीहरुमा कोरोना संक्रमणको पुष्टि भएको र १ सय ५१ जनालाई अस्पताल भर्ना गरिएको थियो । जसमध्ये ८४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
अहिले बेलायतका अस्पतालमा कोरोना संक्रमित कुनै पनि नेपालीहरु नरहेको एनआरएन यूकेद्वारा प्रस्तुत तथ्याँकमा उल्लेख छ । क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका १ हजार ४ सय १२ जना मुक्त भैसकेका र हाल कुनै पनि नेपालीहरु क्वारेन्टाइन तथा आइसोलेसनमा नरहेको पनि तथ्याङ्कमा उल्लेख छ ।

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter