बेलायती प्रधानमन्त्री टेरिजाको दोस्रो ठूलो हार

10 दिन अगाडी

एजेन्सी, बीबीसी । बेलायती संसदमा प्रधानमन्त्री टेरिजा मेले ब्रेग्जिटको मुद्दामा थप अर्को ठूलो हार व्यवहार्नु परेको छ ।
टेरिजा मेले प्रस्ताव गरेको युरोपेली संघ इयूबाट ब्रिटेन बाहिरिने सम्झौता दोस्रोपटक अस्विकृत भएको छ ।
बेलायती सांसदले ब्रेग्जिट सम्झौतामा प्रधानमन्त्री टेरिजा मे को संशाधित मस्यौदालाई ठूलो अन्तरले खारेज गरिदिएको छ ।
सांसदले सम्झौताको यो मस्यौदालाई यसपटक १४९ को भोटअन्तरले खारेज गरेका छन् । यो अन्तर जनवरीभन्दा पनि धेरै हो । सोमबार अबेर राती युरोपेली संघका नेताबीच छलफल गरिरहेकी टेरिजा मेले सांसदहरुलाई कि त ब्रेग्जिटको संशोधित मस्यौदालाई समर्थन गर्न वा त ब्रेग्जिटलाई नै अस्विकार गर्न अपिल गरेकी थिइन् ।
मेले के भनिन् ?
मंगलबार साँझ संसदमा थकित र स्वर बसेको लवजमा बोल्दै प्रधानमन्त्री टरिजा मेले आफू निकै दुस्खित् भएको बताइन्।
तर उनको भनाइ थियो, ुम अझै पनि के कुरामा विश्वस्त छु भने सबैभन्दा उपयुक्त नतिजा भनेको व्यवस्थित रूपबाट सम्झौतासहित इयु छाड्नु नै हुनेछ। र हामीहरूले तय गरेको सम्झौता नै हामीसँग उपलब्ध भएकोमध्ये सबैभन्दा उपयुक्त समेत हो।
मेले सांसदहरूलाई ढिलो गरि हुने बहिर्गमन चाहेको वा अर्को जनमत संग्रह चाहेकोमा निर्णय लिन भनेकी छन्। अथवा सम्झौता सहित इयु छाड्न चाहेको तर यो सम्झौता नचाहेकोु भन्नेमा समेत स्पष्ट हुन भनेकी छन् ।
ब्रिटेनसामु भएका ती विकल्प सहज नभएको बताएकी उनले आफ्नो प्रस्ताव अस्वीकृत भएपनि ती सामना गर्नुको विकल्प समेत नहुने बताइन् ।
बिना कुनै सम्झौता इयु छाडिने अवस्थामा आयरल्याण्डसँगको सीमा व्यवस्थापन कसरी गरिने भन्ने योजना बुधवार सरकारले घोषणा गर्ने उनको भनाइ थियो ।
अब के हुन्छ ?
प्रधानमन्त्री टेरिजा मेले ब्रेग्जिट सम्झौता खारेज भएपछि आगामी मार्च २९ तारिखमा ब्रिटेन कुनै सम्झौता बिना नै इयुबाट बाहिरिने बाहिरिने कि नबाहिरिने अथवा कुनै सम्झौता बिना सांसदहरु युरोपेली संघबाट बाहिरिन तयार हुँदैनन् भने ब्रेग्जिटलाई लम्ब्याउने वा नलम्ब्याउने भनेर मतदान गर्ने जानकारी दिएकी छिन् ।
प्रधानमन्त्री मेले यदि बुधबार संसदले बिना सम्झौताको ब्रेग्जिटलाई स्विकोराक्ति दिन्छ भने यूकेलाई ईयूबाट बाहिर निकाल्ने प्रक्रियाका लागि मतदान हुने बताएकी छिन् ।
ब्रिटेनमा भएका पछिल्ला विकासक्रमलाई युरोपेली नेताहरूले चिन्तापूर्ण रूपमा हेरिरहेका छन् ।


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

Advertisement
Advertisement

Subscribe our Newsletter