बेलायत जाने युवा युवतीको कथा समेटिएको उपन्यास विमोचित

2018-06-09

काठमाडौं, २६ जेठ । सञ्चारकर्मी प्रवेश अधिकारीको पहिलो उपन्यास ‘आधा आकाश’ बजारमा आएको छ । ‘आधा आकाश’को शनिबार एक विशेष कार्यक्रमबीच लोकार्पण गरियो । 
सोसाईटी मिडियाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. तुलसी भट्टराई, वरिष्ठ साहित्यका डा. बेञ्जु शर्मा, कवि विप्लव प्रतीक, साहित्यका वियोगी बुढाथोकी, पत्रकार नकुल अर्याल लगायतले उपन्यासको संयुक्त विमोचन गर्नुभएको थियो । 
चितवनमा लामो समय रेडियो प्रस्तोताको रुपमा काम गरी अध्ययनका लागि बेलायत पुगेका लेखक अधिकारीले उपन्यासमा विद्यार्थी भिसामा बेलायत पुगेका युवा युवतीको भोगाई र प्रेमकथा समेटिएको बताउनुभयो । 
प्रमुख अतिथि एवं वरिष्ठ साहित्यका डा. तुल्सी भट्टराईले उपन्यासहरुको भिडमा बेग्लै शैली र कथालाई ‘आधा आकाश’ ले प्रस्तुत गरेको बताउनुभयो । ‘नेपाली उपन्यास लेखनमा दार्शनिक प्रयोग पनि भएको छ । युवा पुस्ताले आधा आकाश पढ्नैपर्छ , अरुले छुटाउनुहुन्न ।’, भट्टराईले भन्नुभयो । 
साहित्यका डा. बेञ्जु शर्माले उपन्यासमा रहेका पात्रले पाठकलाई प्रेमानुभूति गराउने भन्दै उपन्यास क्षेत्रमा ‘आधा आकाश’ सशक्त कृतिको रुपमा रहेको बताउुभयो । कवि विप्लव प्रतीकले ‘आधा आकाश’ ले नयाँ र पुराना सबैखाले पाठकलाई न्याय गर्ने भन्दै युवा पाठकका लागि ‘आधा आकाश’ पठनीय हुने बताउनुभयो । साहित्यकार वियोगी बुढाथोकीले ‘आधा आकाश’ का लेखकबाट यस्तै सशक्त कृतिको अपेक्षा गरेको भन्दै पाठकका लागि उत्कृष्ट उपन्यास बजारमा प्रवेश गरेको बताउनुभयो ।
सोसाईटी मिडियाका अध्यक्ष नकुल अर्यालले कृतिले सञ्चारकर्मीका रुपमा रहेका लेखकको परिचय मात्रै नभई उपन्यासको चालु बजारको गति पनि बदल्दिने बताउनुभयो । 
लेखक स्वयं प्रकाश रहेको ‘आधा आकाश’ को वितरक एमी इन्टरनेशनल रहेको छ । २ सय २३ पृष्ठ लामो पुस्तकको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter