बौद्धिक उपन्यास सुवर्णलता बजारमा

2018-03-25

मालिका केशरीको उपन्यास सुवर्णलता बौद्धिक चेतना भरिएको उपन्यास हालै एक भब्य कार्यक्रमबिच कृतिको अन्तर संवाद सम्पन्न भयो । साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमा अमर न्यौपाने, समालोचक डा. राम प्रसाद ज्ञवाली र प्रा. राम लोहनीले कृतिको वारेमा आफ्नो धारणा राख्नु भएको थियो । 

कृतिको वारेमा बोल्दै साहित्यकार न्यौपानेले भन्नुभयो, ‘नेपाली उपन्यास बजारमा यो उपन्यास आफ्नो छुट्टै पहिचानका साथ उभिन सफल छ । उपन्यास केहीलामो भएकाले केही बोझिलो लाग्न सक्छ तर यसका भावले पाठकलाई अन्यत्र भाग्न दिदैन । अत्यन्त सरल भाषा प्रयोग गरेर लेखिएको उपन्यास बुझ्न सहज छ । उपन्यासकी नाइका सुवर्णलता पच्चिस सय वर्षभन्दा ज्यादा जीवीत हुनु र उनमा शारीरिक क्षय नहुनु केही अपत्यारीला तथ्य लागे पनि उपन्यास लेखनमा यस्ता कुरा मान्य हुने धारण ब्यक्त गरे ।’
यसै गरि अर्का वक्ता डा. राम प्रसाद ज्ञवालीले केशरीको उपन्यास सुवर्णलताले पाठकलाई सुरुदेखि अन्त्यसम्म बाध्ने आर्कषण रहेको बताए । लेखकले मायाप्रेमसँगै ग्रामीण र शहरी परिवेशका पात्रहरुलाई बौद्धिक तवरले प्रस्तुत गरेका छन् । उपन्यासमा बौद्धदर्शन नै नबुझेका पाठकहरुले बुद्धको वाणी सहजै बुझ्ने भाषा प्रयोग गरिएको भन्दै केशरीमा गहिरो बौद्धधर्मको चेतना रहेको विचार प्रस्तुत गरे ।
प्रा. राम लोहनीका अनुसार, ‘उपन्यासले फरक विषय वस्तु उठाएको छ । पाठक जुन कथामा प्रवाहित भइरहेको हुन्छ उपन्यासको मध्यभागमा पुग्दा अर्कै संसारमा बिचरण गर्न पुग्छ । त्यो संसार हो बुद्धको संसार । उपन्यासमा बुद्धजीवितै हुन्छन् । बुद्धसँग उपन्यासकी नाईकाको बार्तालाप र प्रेम प्रस्ताब अत्यन्त मार्मिक छ । भोग र त्यागमा कसको विजय होला त भन्ने प्रश्नमा बाँधिएर पाठकहरु रोमाञ्चक हुँदै अत्यसम्म पुग्न हतारिने विस्वास उनले ब्यक्त गरे ।’
लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँ उर्जा प्राप्तभएको भन्दै आफूमाथि नयाँजिम्मेवारी थपिएको बताएका थिए । आफ्नो प्रयासलाई पाठकले मनपराएकै कारण बजारमा आएको छोटो समयममै सुवर्णलताको दोस्रो संस्करण आउन लागेको पनि उनले खुलासा गरे । उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको हो । 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter