ब्ल्याकबोर्डमा कम्प्युटर प्रविधि पढाउने शिक्षक विश्वभर चर्चित

2018-03-15

एजेन्सी, फागुन १७-घानाका एक शिक्षकले कम्प्युटर विना नै कम्प्युटर प्रविधि पढाएको विषय अनलाइन सञ्चारमाध्यममा चर्चित बनेको छ।

कुमासीका ती शिक्षकले माइक्रोसफ्ट वर्ड प्रोग्रामको चित्र निकै मेहेनतका साथ ‘ब्ल्याकबोर्ड’मा बनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहित एउटा स्टेटस लेखेर ती शिक्षकले पोस्ट गरेका छन् । उनले लेखेका छन्, ‘घानामा सूचना तथा कम्प्युटर प्रविधि पढाउनु निकै रमाइलो छ।’

उक्त तस्बिर सामाजिक सञ्जालमा आएपछि त्यसलाई हजारौंपटक शेयर गरिएको छ।

माइक्रोसफ्ट कम्पनीले त्यसपछि उक्त विद्यालयमा कम्प्युटर सामाग्रीहरू पठाउने बाचा गरेको छ।

ओउरा क्वाजो उपनाम रहेका उनले आफ्नो फेसबुक सन्देशमा लेखेका छन्, ‘म मेरा विद्यार्थीलाई माया गर्छु त्यसैले म जे पढाइरहेको छु त्यो उनीहरूले बुझुन् भन्ने चाहान्छु।’

क्वार्ज अफ्रिका नामक समाचार संस्थाले रिचर्ड आपिया अकोटो भनेर उनलाई चिनाएको छ।

उच्च शिक्षा पढ्नका लागि सूचना तथा सञ्चार प्रविधि विषयको परीक्षा पास गर्नुपर्ने बाध्यता भए पनि उक्त विद्यालयमा सन् २०११ देखि कम्प्युटर नभएको क्वार्जले जनाएको छ।

फेब्रुअरीको मध्येतिर सामाजिक सञ्जालमा यो तस्वीर फैलिएपछि धेरैले यी शिक्षकको पेशाप्रतिको झुकावको प्रशंसा गरेका छन्।

अकोटोले क्वार्जलाई भनेका छन्, ‘ब्ल्याकबोर्ड’मा यसरी चित्र बनाएको यो पहिलोपटक होइन। कक्षामा हुँदा जहिले पनि मैले बनाएको छु।ू

‘मलाई फेसबुकमा तस्बिरहरू राख्न मन लाग्छ त्यसैले यो पनि राखौं जस्तो लागेको थियो। मलाई थाहा थिएन यसले मानिसहरूको ध्यान यसरी तान्छ भनेर।’

आइतवार उद्यमी रेबेका इनोनचोङले माइक्रोसफ्ट अफ्रिकालाई ट्वीट गर्दै ती शिक्षकले सामाग्रीको पहुँच बिना नै पढाइरहेको उल्लेख गर्दै लेखेकी थिइन्।

‘निश्चय पनि तपाईँहरूले ती शिक्षकलाई केही स्रोतहरू जुटाइ दिनसक्नु हुन्छ।’

मंगलवार माइक्रोसफ्टले अकोटोलाई कम्प्युटर पठाइदिने र शैक्षिक सामग्रीहरूमा पहुँच दिने प्रतिबद्धता जनाएको छ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter