भक्तपुरमा आजबाट तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला सुरु

2 महिना अगाडी

भक्तपुर । तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला आजबाट भक्तपुरको सल्लाघारीमा स्ुरु भएको छ ।
भक्तपुर विद्युतीय साम्रगी व्यवसायी संघको आयोजनामा भएको मेलाको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गर्नु भएको हो । 
मेलाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेंले ईलेक्ट्रोनिक्स सामानहरु बनाउने उद्योगहरु आफनै देशमा स्थापना गर्नु पर्नेमा जोड दिनुभयो । 
उहाँले भन्नुभयो, “विदेशी सामान विक्रि गर्नु भन्दा पनि आफ्नै देशमा उत्पादित सामानहरु विक्रि वितरण तथा प्रवद्र्धन गर्नु सके यसले देशको अर्थतन्त्रमा थप टेवा पुग्नुका साथै रोजगारमा समेत मद्दत पुग्ने छ ।”
बिदेशी उत्पादनका सामानहरुले ब्यापार घाटा बढाएको तर्फ सबै पक्ष सोच्नु पर्ने अवस्था आएको समेत उहाँको भनाई रहेको छ ।
प्रतिनिधिसभाका साँसद प्रेम सुवालले मेला सञ्चालन भइरहेको १ सय ८ रोपनी चौर भक्तपुरका जनताकै सम्पत्ति भएको बताउनु भयो । 
बिगत देखि नै भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याइरहेको ख्वप कलेजको संरचना विश्वविद्यालय बनाउन पूर्ण रहेको र यो चौरमा ख्वप विश्वविद्यालयका लागि उपयुक्त रहेकाले समेत बिगतदेखि नै सरकारसँग यो चौरको माग भइरहेको बताउनु भयो । 
पाँच दिनसम्म चल्ने मेलामा एक सय ५० स्टलहरु रहेका छन् जसमध्ये एक सय स्टलहरुमा विद्युतीय सामग्रीसँगै सूचना प्रविधिका साम्रगी रहने छ भने बाँकी स्टलमा भक्तपुरका मौलिक उत्पादन, अटोमोबाइलका स्टलहरु रहने मेलाका संयोजक माधवप्रसाद प्रजापतिले बताउनुभयो । 
भक्तपुरलाई इलेक्ट्रोनिक्स हबको रुपमा विकास गर्ने उद्देश्यका साथ संघले प्रत्येक चार चार बर्षमा मेलाको आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।
मेलामा २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र करिब ५० करोड रुपैयाँको हाराहारीमा कारोबार हुने संघका अध्यक्ष पुण्यराम खाताखोले बताउनुभयो ।

 


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

Advertisement
Advertisement

Subscribe our Newsletter