भक्तपुर । भक्तपुरमा जारी ११ दिने मेला आज बाट सुरु भएको छ । भक्तपुर नगरपालिका वडा नम्वर ७ महेश्वरी खेल मैदानमा मंसिर १३ गते देखि २३ सम्म हुने मेला शुक्रबार देखि सुरु भएको हो । पर्यटन बर्ष २०२० लाई लक्षित गरी ब्यापारिक साँस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला, भक्तपुर मेला महोत्सव–२०७६ आज बाट सुरु भएको हो ।
ममता केन्द्र नेपालको आयोजनामा भई रहेको मेलाको उद्घाटन भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले गर्नुभएको हो ।
कार्यक्रममा उहाँले पर्यटन प्रर्वद्दन गर्न हुने यस्ता मेला महोत्सबले विभिन्न जात जातीको संस्कृति आदन प्रदान गर्न सहज हुने बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष उकेश कावांले महेश्वरी खेल मैदानमा भएको उक्त मेलाका कारण यस क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा गैसस महासंघ भक्तपुर जिल्ला अध्यक्ष सोम शर्मा बजगाई , भक्तपुर साँगीतिक समाजका अध्यक्ष प्रविण शाही, सचिब अल्र्वट बज्राचार्य, कराते प्रशिक्षक एवं आर्दश डोजोका अध्यक्ष सूर्य वहादुर लामा लगाएतका बक्ताले कार्यक्रमको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा विभिन्न संस्कृतिका झाँकी एवं बोन्बो प्रस्तुती गरिएको थियो ।
कार्यक्रमको सभापतित्व ममता केन्द्र नेपालका अध्यक्ष संगम लामाले गर्नुभएको थियो भने कार्यक्रम संञ्चालन भने रेडियोकर्मी मोहन दोङले गर्नुभएको थियो ।
मेलाको पहिलो दिन नै हजारौंले अवलोकन गरेका थिए । मेला आगामी मंसिर २३ गते सम्म चल्ने छ । मेलामा विभिन्न राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती राख्नुहुने छ ।