भक्तपुरले पायो दुई ऐतिहासिक कृति

2018-09-20

भक्तपुर, असोज ४ गते । साहित्यकार तथा लेखक जितेन्द्र रसिकको आठौं कृति अलकापुरी भक्तपुर र संस्कृतिविद् ओम धौभडेलको भक्तपुर दरवारका मल्लकालिन भारदारहरु नामक दुई कृति बुधवार भक्तपुरमा सार्वजनिक गरिएको छ । भक्तपुर को सुर्यविनायकमा दुबै कृति सार्वजनिक गर्दै कृति लोकार्पण समारोहका प्रमुख अतिथि पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालले विभागले पुरा गर्न नसकेको काम लेखक रसिक र धौभडेलले गरेको बताउनु भयो । उहाँले पुरातत्व विभागको नजर पुग्न नसकेको सम्पदा र संस्कृतिको क्ष्ँेत्रमा समेत अलकापुरी भक्तपुर कृतिमा समेटिएकोले आगामी दिनमा ति क्षेत्रमा पनि विभागको ध्यान जाने बताउनु भयो रसिकले भक्तपुर आउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको लागि निकै उपयोगी र जानकारीमुलक पुस्तकनेपालको संस्कृति क्षेत्रलाई प्रदान गरेको बताउनुभयो । 
अर्का विशिष्ठ अतिथि संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले भानुभक्त आचार्य काठमाडौ आउँदा भक्तपुरसम्म नआइपुगेकाले काठमाडौलाई मात्र अलकापुरी देखेको तर रसिक भक्तपुरसम्म आइपुग्दा अलकापुरी भक्तपुर सिर्जिएकाले सिङ्गो भक्तपुर जिल्लाले गौरवान्दित महशुष गर्ने बताउनु भयो । उहाँले हाल सम्म प्रकाशित भक्तपुरका सबै पुस्तकहरुमा मण्डपशैलीका मन्दिरलाई प्यागोडा लेख्दै आएकोमा आपत्ती जनाउँदै अलकापुरी भक्तपुर कृतिले त्यो भ्रम चिरेर मण्डपशैलीका सम्पदाहरुका विषयमा स्पष्ट पारेकोले उक्त कृति भक्तपुरको सम्पदा र संस्कृतिको क्षेत्रमा निकै महतवपूर्ण रहेको बताउनु भयो । त्यति मात्र नभई रसिकका रसिला कलमले कुनैबेलासम्म भक्तपुर जिल्लाको उत्तर खण्ड मनहरा पारीका साँखु सम्पदासँगै साँखु पनि पहिले भक्तपुर नै थियो भन्ने तथ्यलाई उजागर गरेको बताउनु भयो । अलकापुरी भक्तपुर कृतिले नेपालका सम्पदा पुजक आन्तरिक तथा बाह्य पर्यटनमा सघाउने संस्कृतिविद् ग्वंगःको भनाई छ । त्यस्तै भक्तपुरका संस्कृतिविद् तथा लेखक ओम धौभलेलको कृति ‘भक्तपुर दरवारका मल्लकालिन भारदारहरु’ले उनका पुस्ताहरुलाई आफ्नो पुर्खाहरु चिन्ने मौका मात्र नभई भक्तपुरका संस्कृति र सम्पदाका क्षेत्रमा कुन भारदारकहरुको योगदान कस्तो हरेको थियो भन्ने समेत ऐतिहासिक पुस्तक भएको बताउनु भयो । 
कार्यक्रमका अतिथि तथा वरिष्ठ समालोचक डा. देवीप्रसाद सुवेदीले भक्तपुरकै स्थानिय लेखकदयको दुबै कृति मौलिक र यथार्थ विवरण, इतिहास र सम्पदाको नालीबेली भएकाले सम्पदा र मल्लकालिन भारदारका विषयमा जान्न र खोज अनुसन्धान गर्न चाहनेलाई उपयोगी कृति भएको बताउनु भयो । कृतिकार जितेन्द्र रसिकले ८ वर्षको मेहेनतपछी आठौं कृतिका रुपमा प्रकाशित अलकापुरी भक्तपुरमा हिन्दु, बौद्ध, मुस्लिम लगायत सबै सम्पदा र संस्कृति समेतेको बताउनु भयो । उहाँले भक्तपुरको भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका संस्कृति र सम्पदालाई कृतिमा समेत्नु भएको जानकारी दिनुभयो ।  त्यस्तै भक्तपुर भ्रमणमा आउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि र यो कृतिले भक्तपुर भ्रमणमा आउने  यहाँका संस्कृतिका विषयमा जान्न चाहनेका लागि यो कृतिले सघाउने  र भक्तपुरका मठ मन्दिर जात्रा, संस्कृति, इतिहास, समाज बारे जान्न सहज हुने अपेक्षा गरेको रसिकको भनाई छ । 
त्यस्तै भक्तपुरका मल्लकालिन भारदार कृतिका लेखक ओमप्रसाद धौभडेलले मल्लकालिन समयमा भारदारहरु को को थिए तिनीहरुका योगदान भक्तपुरको संस्कृति, सम्पदा निर्माण देखि विकास सम्मका विषयवस्तु बारे कृतिबाट जानकारी लिन सक्ने बताउनु भयो । उहाँले कतिपय नलेखिएका इतिहास र आफु भारदारका सन्तान हुँ भन्ने विर्सिएका उनीहरुकै सन्ततीलाई समेत पूर्खाको योगदान जान्ने अवशर समेत यो कृतिले दिने बताउनु भयो 
कार्यक्रममा दुबै पुस्तकमा योगदान गरेका फोटो पत्रकारहरु रामगोपाल तमखु, विनोद कोजु, आवरण डिजाइनर तथा साहित्यकार मनोज केसी समय, महाकवि चन्द्रप्रसाद न्यौपाने र डा. भगवान चन्द्र ज्ञवाली लगायतलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रममा भक्तपुर विकास सहयोग समतिका निवर्तमान अध्यक्ष, कृष्णलाल प्रधान,भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनंकमी, कथाकार माया ठकुरी, प्राज्ञ मातृका पोखरेल, ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जन लगायतका अतिथिहरु उपस्थित थिए । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter