भटभटे एपको प्रयोगले मोटरसाईकल किनबेच सहज

2019-05-23

काठमाडौं, । के तपाई सेकेण्ड ह्याण्ड मोटरसाईकल किनबेच गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने तपाईले भटभटे एप प्रयोग गरी घरमै बसेर सजिलै किनबेच गर्न सक्नुहुनेछ । ए एम नेपाल प्रालिले भटभटे एप प्रयोगमा ल्याएपछि सेकेण्ड ह्याण्ड मोटरसाईकल किनबेच सहज बनेको हो ।
यसमा मोटरसाईकल बेच्न चाहनेले सजिलै आफ्नो मोटरसाईकलको तोकिएको विवरण सो एपमा पोष्ट गर्न सक्छन् । किन्न चाहनेले सिधै बिक्रेतालाई अनलाईन सम्पर्क गरेर खरिद गर्न सक्नेछ । टुटल र पठाओ जस्ता माध्यमले मोटरसाईकलबाट यात्रु ओसारपसार गरेर चर्चा बटुलिरहेको बेला केवल मोटरसाईकल किनबेच गर्न चाहने उपभोक्तालाई लक्ष्यित गरी भटभटे एप विकास गरिएको बताइएको छ ।
“भटभटे एप” प्रयोग गरी सेकेण्ड ह्याण्ड मोटरसाईकल बेच्न किन्न सकिन्छ, रिकण्डीसन हाउससम्म धाउन पर्दैन,” एएम नेपाल प्रालिका महाप्रवन्धक खेमराज देवकोटाले बताउनुभयो । यो बाइक किनबेचको उत्कृष्ट “प्लेट फर्म” रहेको महाप्रवन्धक देवकोटाले प्रष्ट गर्नुभयो । उपत्यकामा मात्रै झण्डै नौ लाख २१ हजार ९१७ मोटरसाईकलको संख्या रहेको छ ।  
स्र्माट एन्ड्रोइड फोन हुनेले गुगल प्ले स्टोर र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गएर भटभटे एप जोकोहीले निशुल्क डाउनलोड गरी इन्स्टल गर्न सक्ने एएम नेपाल प्रालिका कार्यालय व्यवस्थापक सुदीप पाण्डेले बताउनुभयो । हाल यो निुशल्क छ । करीब ३० हजार प्रयोगकर्ताले एप डाउनलोड गरेपछि र दुई हजार बढीले बेच्न चाहनेले मोटरसाइकल पोष्ट गरेपछि बिक्रेताले बाईक पोष्ट गर्न प्रति बाइक रु ५०० शुल्क तिर्नुपर्दछ ।
“सहज, कम मूल्य र सजिलो सवारी साधनको रुपमा रहेको मोटरसाईकल बेच्न र किन्न चाहनेलाई प्रविधिको प्रयोग गरी सिधा सम्पर्क गराउन एप ल्याइएको हो, यसमा  चाहेको मूःल्यको मोटरसाईकल किन्न सहज हुनेछ,” व्यवस्थापक पाण्डेको भनाई थियो । 
हाल २० हजार प्रयोगकर्ताले यो एप प्रयोग गरिरहेका छन । करीब हजारको हाराहारीमा मोटरसाइकल बिक्रिको लागी राखिएको प्रालिका व्यवस्थापक पाण्डेले जानकारी दिनुभयो । जो कोहीले जथाभावी पोष्ट गर्न नसकोस र यसलाई व्यस्थित गर्न शुल्क तोकिएको बताइएको छ । शुल्क इ सेवा अथवा एपमा रहेको पेमेण्ट गेटवेको माध्यमबाट तिर्न सकिने छ । काठमाण्डौलाई लक्षित गरीएपनि जहीकहीबाट एपको प्रयोग गर्न सकिन्छ । एपलाई विश्वव्यापी बनाउने संस्थाको उद्देश्य रहेको महाप्रवन्धक देवकोटाले बताउनुभयो ।
बेच्न चाहनेले मोबाइलमा एप डाउनलोड गरी आफ्नो युजर रजिस्टे«सन गरेपछि भेरीफीकेसन कोड मोवाइलमा आउने र कोड एक्टिभ गरेर मोटरसाइकलको चारतर्फबाट खिचिएको फोटो आफै पोष्ट गर्नुपर्ने प्रालिका परियोजना प्रवन्धक राजेन्द्र भटराईले जानकारी दिनुभयो । त्यसमा मोटरसाईकलको मूल्य, नम्बर प्लेट, माइलेज, गुडेको किमी राख्नुपर्दछ ।
किन्न चाहनेले उक्त लीस्ट हेरेर मनपरेको वाईक क्लीक गरेपछि डिस्प्ल­े विवरण देख्नेछ । मोटरसाइकल मन परेको खण्डमा रजिस्टे«सन गरेर सेलर इन्फोमा क्लिक गरेपछि बिक्रेताको विवरण आउने र त्यसबाट क्रेता विक्रेताबीच सम्पर्क भएर किनबेच सहज हुने प्रालिका परियोजना प्रवन्धक भटराईले थप्नुभयो । क्रेताले हेर्न शुल्क तिर्नु पर्दैन तर किन्न परयो भने रजिष्ट्रेसन गरेर भेरीफीकेसन कोड हान्नुपर्ने हुन्छ । सूचनाको सुरक्षा र व्यवस्थित गर्न यो तरिका अपनाइएको बताइएको छ ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter