भदौदेखि बहुबिबाह दर्ता नहुने

2018-05-05

काठमाडौं । भदौ १ गतेदेखि बहुविबाह दर्ता नहुने भएको छ । अहिलेको कानुनले कसैले बहुविबाह गरे र पीडित पक्षले मुद्धा हाले कानुनी कारवाहीको व्यवस्था छ तर भदौबाट भने बहुबिबाह भन्ने शव्द नै हुने छैन ।
बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा, जातीय (जाति नै समाप्त हुने गरी) हत्या गरेमा आजीवन कारावासको व्यवस्था गरिएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले समाजमा गलत गतिविधि गर्नेलाई कडा कानुनी कारवाही गर्ने कानुन पारित गरेको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ बनाउँदाका संयोजक एमाले सांसद् कृष्णभक्त पोखरेलले समाज दुषित बन्दै गएकाले केही कानुनहरुमा कडाई गरिएको बताउनुभयो । सार्वजनिक जग्गा कव्जा गरी आफ्नो नाममा पास गरेमा वा गलत नियतले दुरुपयोग गरेमा पनि अब जेल बस्नुपर्ने भएको छ । छाउपडी प्रथा कायम राखे ३ महिनासम्मको जेल सजाय हुने छ । पोखरेलले जापान, भारतका साथै अन्य देशमा पुगेर त्यहाँको कानुनी व्यवस्थाको अध्ययन गरेर कानुन बनाइएको जानकारी दिनुभयो ।  
मुलुकी देवानी (संहिता) ऐन, २०७४, मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ आगामी भदौ १ गतेदेखि लागू हुँदैछ । दोस्रो संविधानसभाको विधायन समितिले यी ऐन बनाएर संसद्बाट पास गरेको थियो । मुलुकी फौजदारी कार्यविधि (संहिता) को संयोजक तत्कालीन सांसद् लक्ष्मणलाल कर्ण, मुलुकी देवानी (संहिता) को संयोजक राधेश्याम अधिकारी, फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयनको संयोजक रामनारायण बिडारी र मुलुकी देवानी कार्यविधिको संयोजक रेवतीरमण भण्डारी रहनुभएको थियो । ५ जना संयोजक नै कानुन पृष्ठभूमिका हुनुहुन्थ्यो । पोखरेल र कर्ण प्रतिनिधिसभाको निर्वाचित, दाहाल राष्ट्रिय सभामा निर्वाचित र बिडारी राष्ट्रिय सभामा मनोनित सांसद् हुनुहुन्छ,  एमालेका भण्डारीले यो निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएन । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ असोज ३० गते प्रमाणीकरण गर्नुभएको थियो तर कानुन भने आगामी भदौ १ गतेदेखि मात्र लागु हुनेछ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै यी ऐन बनेका हुन्, यो ऐन लागू हुने भएपछि मुलुकी ऐन खारेज हुने छ । विधायन समितिले पुनरावेदन अदालत भएका १६ ठाउँ पुगेर त्यहाँका न्यायाधीश, कानुनविद्, वकिल, जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेको समिति सदस्य कृपाराम रानाले बताउनुभयो । ‘ जहाँ हिजो पुनरावेदन अदालत रहेका थिए त्यहाँ गएर के कस्तो कानुन बनाउँदा ठीक होला भनेर छलफल ग¥यौं ’ रानाले भन्नुभयो । कानुन , न्याया तथा संसदीय मामिलामन्त्री शेरबहादुर गुरुङले भदौ १ गतेदेखि यी कानुन लागू हुने बताउनुभयो । ‘ अझै पनि हामीसँग केही समय छ, यो अवधिमा जनतामा चेतना बाँड्ने काम गर्छौं’ मन्त्रीले भन्नुभयो ‘ नयाँ कानुन लागू हुने बेलामा केही समस्या हुन सक्छ त्यसैले पनि प्रशस्तै रुपमा जनचेतना जगाउने किसिमका कार्यक्रम गर्ने मन्त्रालयको सोचाई छ ।’ 
मुलुकी देवानी (संहिता) ऐन, २०७४ को परिच्छेद १० को अंशवण्डासम्वन्धी व्यवस्था छ  । यस अनुसार २११ दफा (१) मा संगोलको सम्पत्ति भएका पति, पत्नी, बाबु, आमा, छोरा , छोरीले पत्नी, पति, छोरा, छोरी, बाबु र आमालाई आफ्नो इज्जत आमद अनुसार खान लउन दिन र आर्थिक हैसियत अनुसार शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने छ । यही दफाको २ मा लेखिएको छ – उपदफा (१) बमोजिमको व्यवस्था पूरा गर्ने दायित्व भएका व्यक्तिले त्यस्ते दायित्व पूरा नगरेमा अंशियारले आफ्नो अंश लिई भिन्न हुन सक्ने छ । अंशियारहरुबीच आपसी सहमति भएमा निजहरु जहिलेसुकै पनि अंश लिई भिन्न हुन सक्ने छन् । दफा २ सय १३ मा पति वा पत्नीले पत्नी वा पतिलाई घरबाट निकाला गरिदिएमा, पति वा पत्नीले पत्नी वा पतिलाई शारीरिक वा मानसिक यातना दिएमा पति वा पत्नीले अंश लिई भिन्न हुन सक्ने छन् । २ वा २ भन्दा बढी व्यक्तिले एउटै सम्पत्ति प्राप्त गरेमा जसले जे जति सम्पत्ति पाएको छ सोही अनुपातमा त्यस्तो सम्पत्तिमा निजको हक कायम हुनेछ । मुलुकी देवानी कार्यविधि (संहिता) को दफा १ सय ३७ मा ‘तारिख तोक्दा प्रयोजन उल्लेख गर्नुपर्ने व्यवस्था छ । यसको उपदफा (१) मा ‘ अदालतले तारिख तोक्दा के कारण र प्रयोजनको लागि तारिख तोकेको हो र त्यस्तो तारिख तोकेको दिन के काम सम्पादन हुने हो त्यस्तो व्यहोरा तारिख पर्चा र तारिख कितावमा उल्लेख गर्नुपर्ने छ । तोकिएको तारिखका दिन अदालतले त्यस प्रयोजनको लागि तोकिएको काम गर्नु पर्ने छ । बिबाह गरेको १० वर्षसम्म पनि छोराछोरी नभए धर्मपुत्र वा धर्मपुत्री राख्न सकिने व्यवस्था नयाँ कानुनले गरेको छ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ को परिच्छेद ९ मा रहेको ‘अन्तरदेशीय धर्मपुत्र व धर्मपुत्रीसम्वन्धी व्यवस्थामा यस्तो कानुन बनाइएको हो । दफा १ सय ९२ मा ‘कुनै विदेशीलाई नेपाली नागरिक वा नेपालमा बसोबास गरेको विदेशीको कुनै बालबालिका धर्मपुत्र वा धर्मपुत्रीको रुपमा ग्रहण गर्न अनुमति दिन सकिने छ’ लेखिएको छ ।
बिबाह भएको १० वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पति, ४५ वर्ष उमेर पूरा भई ५५ वर्ष उमेर ननाघेकी अविवाहित, विधवा, सम्वन्ध विच्छेद वा न्यायिक पृथकीरण गरी बसेकी छोरा वा छोरी नहुने महिला, ४५ वर्ष उमेर पूरा भई ५५ वर्ष उमेर ननाघेको अविवाहित, विधुर, सम्वन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने पुरुषलाई धर्मपुत्र व धर्मपुत्री राख्न दिइने छ । तर होस ठेगानमा नभएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा नेपाल वा सम्वन्धित मुलुकको अदालतबाट कसुरदर ठहरिएकोलगायतका केही अयोग्यताहरु पनि रहेका छन्, जसले धर्मपुत्र वा धर्मपुत्री राख्न पाउँदैन ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

भदौदेखि बहुबिबाह दर्ता नहुने

काठमाडौं । भदौ १ गतेदेखि बहुविबाह दर्ता नहुने भएको छ । अहिलेको कानुनले कसैले बहुविबाह गरे र पीडित पक्षले मुद्धा...

Advertisement
Advertisement

Subscribe our Newsletter