भाइरल भएको बुशको यो कुकुर

2 महिना अगाडी

काठमाडौँ । गत शुक्रबार अमेरिकाका ४१ औँ राष्ट्रपति जर्ज एचडब्लू बुशको ९४ वर्षको उमेरमा निधनपछि आइतबार सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल बन्यो । उक्त तस्बिर थियो, जर्ज बुशको बफादार कुकुर, सल्लीको ।
सल्ली नाम गरेको उक्त कुकुर बुशको निधनप्रति एकदम निराश देखिएको थियो। 
बुश परिवारका प्रवक्ता जिम म्याकग्रथले सार्वजनिक गरेको तस्बिरमा सल्ली बुशको पार्थिव शरिर राखिएको बाकसमुनि वियोगमा सुतिरहेको देखिन्छ। उनले तस्बिर सार्वजनिक गर्दै ‘मिसन कम्प्लिट’ लेखेका छन्।
सल्लीलाई अमेरिकाको भेटडग्सले बुशका लागि गत जुनमा नियुक्त गरेको थियो। बुशले सल्लीलाई स्वागत गर्दै परिवारको नयाँ सदस्य भनेर चिनाएका थिए। सल्लीको उमेर दुई वर्ष रहेको छ। सल्ली भेटडग्सबाट तालिमप्राप्त कुकुर हो।
सल्ली बुशको हेरचाह र रेखदेखमा २४ सै घण्टा खटिन्थ्यो। सल्ली गत नोभेम्बरमा भएको मध्यावधि चुनावका क्रममा बुशसँगै भोटिङ बुथमा पुगेको सञ्चारमाध्यमहरुले जनाएका छन्।
सल्लीले बुशका लागि सामान उठाइदिने, ढोका खेलिदिने र सहयोगीको रुपमा काम गर्थ्यो। पूर्व राष्ट्रपति बुश कुकुरलाई धेरै माया गर्थे। उनका दुई छोराहरु निल र डोर्थी बुशसँग पनि पाँच वटा कुकुर छन्।
सल्ली ‘सर्भिस डग’ भएकाले उसलाई अर्को कामका लागि खटाइनेछ। उसको अबको काम घाइते र सैनिकहरुको सहयोगीका रुपमा काम गर्नेछ। उसलाई वाल्टर रिट राष्ट्रिय स्वास्थ्य सुरक्षा सेन्टरमा लगिने सञ्चारमाध्यमहरुले जनाएका छन्।
वासिङ्टन पोष्टका अनुसार सल्लीको नाम अमेरिकी पाइलट च्यास्ले बीको नामबाट राखिएको हो। ‘सल्ली’ सलेनबेर्गर–३ ले सन् २००९ मा हुडसन खोलामा आपतकालीन् रुपमा प्लेन अवतरण गराएपछि चर्चामा आएका थिए। एजेन्सी


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter