भाजपालाई अत्यधिक बहुमत आउने लगभग निश्चित

2019-05-23

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनको बिहीबार साँझ मत गणना अनुसार भारतीय जनता पार्टीलाई अत्यधिक बहुमत आउने प्रष्ट सङ्केत देखिएको छ ।
बिहीबार बिहानदेखि मत मतगणना अनुसार सत्तारूढ भारतीय जनता पार्टीले १५ सीटमा बिजय हाँसिल गरिसकेको छ । भाजपा अन्य २८८ स्थानमा अग्रता कायम गरेको भारतीय निर्वाचन आयोगले जनाएको छ । 
त्यसैगरी प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेसले  दुई स्थानमा बिजय हासिल गरेको छ भने ५३ स्थानमा अग्रता कायम गरेको छ ।
भाजपा गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्स ९एनडीए० ले ३४६ स्थानमा अग्रता कायम गरेको छ भने कङ्ग्रेस आई निकट यूनाइटेड प्रोग्रेसिभ अलाएन्स ९यूपीए० को ९४ स्थानमा अग्रता कायम रहेको छ । अन्य १०२ स्थानमा अन्य साना तथा क्षेत्रीय दलको अग्रता रहेको छ ।     
भाजपाले बहुमत आउनेभएपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी प्रधानमन्त्रीका रूपमा हेरिएको छ । उहाँको गठबन्धनले अत्यधिक बहुमत स्थानमा अग्रता कायम गरेपछि उहाँलाई नेपालका प्रधानमन्त्री के पी शर्मा ओली, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु लगायतले बधाई ज्ञापन गर्नु भएका समाचारहरू भारतीय सञ्चारमाध्यमले प्रशारण गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू, आफ्नो दल र आफू नेतृत्वको गठबन्धनलाई मतदान गरी विजयी गराउने भारतीय समर्थक, शुभचिन्तक, कार्यकर्ता तथा जीतका लागि अनवरत लाग्ने नेतृत्वलाई वधाई दिनुभएको छ ।
उहाँले निर्वाचनका लागि तय गरेको नारा सबको साथ, सबको विकास, सबको विश्वासको निष्कर्ष समग्र भारत र भारतीयहरूको विजय भन्ने वाक्यांश दोहोराउँदै भाजपाले आगामी दिनमा सवैलाई विश्वासमा लिएर अघि बढ्ने बताउनुभएको छ ।
कङ्ग्रेस नेता राहुल गान्धीले भारती प्रधानमन्त्री नरेन्द्र मोदीलाई निर्वाचनमा पाएको सफलताका लागि बधाई दिनुभएको छ ।
निर्वाचन परिणाम कङ्ग्रेसका लागि अनपेक्षित रहेको भएपनि कङ्ग्रेसका शुभचिन्तकलाई नआत्तिन राहुल गान्धीले एक पत्रकार सम्मेलनमार्फत् आग्रह गर्नुभएको छ । उहाँले यस पहिल (सन् २०१४) मा करिब एक लाख मतका साथ विजय हाँसिल गरेको अमेठी निर्वाचन क्षेत्रमा आफ्नो हार स्वीकार गर्नुभएको छ । यद्यपि मतगणनाको अन्तिम परिणाम भने आइसकेको छैन । उक्त क्षेत्रमा प्रतिश्पर्धामा रहेकी विजेपी नेता स्मृति इरानीलाई मतगणनाको अन्तिम परिणाम आउनुपूर्व नै गान्धीले वधाई दिनुभएको छ ।
त्यसैगरी गान्धीले निर्वाचनमा कङ्ग्रेसको अपेक्षाकृत नतिजा नआएको भन्दै हारको जिम्मा पार्टीको अध्यक्षका हैसियतले आफूले लिने बताउनुभएको छ ।
भाजपाले कमजोर प्रदर्शन गर्ने अपेक्षा गरिएका उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थान जस्ता केही राज्यमा पनि भाजपाले नै अग्रता कायम गरेको छ । भाजपाले पश्चिम बंगालमा व्यापक सुधार देखिएको छ ।
पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४३ स्थानका लागि चुनाव भएको थियो । दुई स्थान राष्ट्रपतिले चयन गर्ने भारतीय संवैधानिक प्रावधान छ ।    
लोकसभाका साथै उडिसा, आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशको विधानसभाका लागि पनि चुनाव भएको थियो । अप्रिल ११ मा शुरू भएको निर्वाचन विभिन्न सात चरणमा गरी मे १९ मा सम्पन्न भएको थियो । चुनावको नतिजा आजै सार्वजनिक गर्नेगरी भारतीय निर्वाचन आयोगले तयारी गरेको छ । एजेन्सी, रासस    


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter