भारतबाट घर फर्किनेहरुलाई क्वारेन्टाइनमा राखिने

16 दिन अगाडी

सुर्खेत । कोरोनाभाइरसको आतंक शहरमा मात्रै होइन पहाडी जिल्लाहरुमा पनि छ । पछिल्लो समय भारतलगायत विदेशबाट घर फर्किनेहरु धेरै भएकोले कोरोना संक्रमणको आतंक बढेको हो ।
कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले कोरोनाभाइरसको संक्रमण हुन नदिने र भएमा नियन्त्रणको योजना बनाएको छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर शाहीले भारतलगायत विदेशबाट घर फर्किनेलाई केही समय अलर्ग राख्ने व्यवस्था गरेको बताए । चारवटा स्कूलमा व्यवस्था मिलाइएको शाहीले जानकारी दिए ।
अनलाइन डबलीसँग कुरा गर्दै शाहीले भने, “अहिलेसम्म त्यस्तो केही छैन, भारतबाट घर फर्किनेहरु धेरै भएकोले सम्भावित संक्रमणलाई ध्यानमा राखेर पूर्वतयारी गरेका छौं । भारत वा अन्य देशहरुबाट घर फर्किनेहरुलाई सुरुमा केही दिनमा चारवटा स्कूलमा अगलै राख्ने व्यवस्था गरेका छौं, स्वास्थ्य परीक्षणपछि मात्रै घरको सम्पर्क पठाइनेछ ।” अध्यक्ष शाहीले यो एकखालको क्वारेन्टाइन भएको समेत बताए ।
त्यसैगरी मास्क वितरण, जनचेतनामूलक सन्देशसहित स्वास्थ्यकर्मी घरघर पुग्ने, एम्बुलेन्स तयारी अवस्थामा राखिएको अध्यक्ष शाहीले बताए । शंका लागेका व्यक्तिहरुको तुरुन्त स्वास्थ्य परीक्षण गर्ने र संक्रमण भएको शंका लागेमा जिल्ला सदरमुकामसम्म पुर्याउने व्यवस्था गाउँपालिकाले गरेको शाहीले जानकारी दिए ।
गाउँमा सिजनल ज्वरोका बिरामी भएको बताउँदै अध्यक्ष शाहीले उनीहरुको पनि स्वास्थ्य परीक्षण भइरहेको बताए । स्वास्थ्यकर्मीहरु घरघर गएर स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको शाहीले जानकारी दिए ।
अध्यक्ष शाहीले गाउँमा औषधि, मास्कलगायत दैनिक उपभोग्य बस्तुको अभाव बढ्दै गएको बताए । उनले कसरी पूर्ती गर्ने भन्ने छलफल भइरहेको जानकारी समेत दिए । 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter