भारतलाई हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनलमा
भारतको यात्रा समाप्त

4 महिना अगाडी

एजेन्सी ।  भारतविरुद्ध १८ रनको रोमान्चक जित हात पार्दै  इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको फाइनल यात्रा तय गरेको छ।
२ सय ४० रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा २ सय २१  रनमा सिमित भयो। आठौँ नम्बरमा आएका रविन्द्र जडेजाले ७७ रनको बहादुरी पाली खेलेपनि भारतले फाइनल यात्रा तय गर्न सकेन। महेन्द्रसिंह धोनीले पनि ५० रन जोडे। धोनी र जडेजाले सातौँ विकेटका लागि एक सय १६ रनको साझेदारी गरे। २५ रन जोड्दा चार विकेट गुमाएपछि भारत दबाबमा आएको थियो ।
लयमा रहेका केएल राहुल , रोहित शर्मा र विराट कोहली एक एक रनमा आउट भए। दीनेश कार्तिकले ६ रन जोडे । न्युजिल्यान्डका म्याट हेनरीले ३ विकेट लिए। ट्रेन्ट बोल्ट र लकी फर्गुसनको नाममा समान २ विकेट रह्यो ।
दोस्रो ओभरको तेस्रो बलमा रोहित म्याट हेनरीको बलमा एज लागेर क्याच आउट भए। पछिल्ला तीन खेलमा लगातार सतक बनाएका रोहितले जारी विश्वकपमा पाँच सतक बनाएर एकै विश्वकपमा सर्वाधिक सतक बनाउने ब्याट्सम्यानको कीर्तिमान बनाएका थिए ।
त्यसपछि ब्याटिङमा आएका कोहली तेस्रो ओभरको चौथो बलमा ट्रेन्ट बोल्टको बलमा एलबिडब्लु धरापमा परे। चौथो ओभरको पहिलो बलमा राहुललाई हेनरीले क्याच आउट गराए। १० औँ ओभरको अन्तिम बलमा हेनरीले कात्तिकलाई क्याच आउट गराए ।
४८ औँ ओभरको ५ औँ बलमा जडेजालाई बोल्टले सातौँ विकेटका रुपमा  आउट गरेपछि भारत थप संकटमा परेको थियो । चार बलपछि धोनी पनि रनआउटको शिकार भएका थिए ।
यसअघि न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ३९ रन जोड्यो। न्युजिल्यान्डका रोस टेलरले ७४ र कप्तान केन विलियम्सनले ६७ रन बनाए।   हेनरी निकोलसले २८, कोलिन ग्रेयन्धोमले १६ र जेम्स निसामले १२ रन जोडे ।

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter