भारतीय समालोचक तथा साहित्यकार नामवर सिंहको निधन

2019-02-20

नयाँ दिल्ली । हिन्दीका प्रख्यात समालोचक तथा साहित्यकार नामवर सिंहको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा ९३ वर्षका नामवरको मंगलबार अबेर राति निधन भएको हो । नामवरको परिवारका सदस्यले निधनको पुष्टि गरेको बिबिसी हिन्दीले जनाएको छ ।
पछिल्लो केही हप्तादेखि उनी एम्समा भर्ना थिए । जनवरीमा उनी आफ्नो कोठमा लडेका थिए, त्यसपछि उनलाई एम्सको ट्रमा सेन्टरमा भर्ना गरिएको हो । उनलाई ब्रेनह्यामरेज भएको डाक्टरले बताएका थिए । उनको अवस्था सुधार हुँदै गएको थियो ।
बुधबार उनको दिल्लीमा अन्तिम संस्कार गरिने उनको परिवारले जनाएको छ । सन् १९२७ को जुलाई २८ मा वाराणसीको जीयनपुर गाउँमा जन्मेका उनले बिएचयुबाट हिन्दी साहित्यमा एमए तथा पिएचडी गरेका थिए ।
उनले धेरै वर्ष बिएचयूमा अध्यापन गराए । त्यसपछि सागर तथा जोधपुर विश्वविद्यालयमा पनि अध्यापन गराए । उनी त्यसपछि दिल्लीको जेएनयुमा आए र त्यहिँबाट अवकास लिए ।
साहित्य एकेडेमी सम्मान पाएका नामवरले हिन्दी साहित्यमा समालोचनालाई नयाँ आयाम र उचाई दिए । हिन्दी साहित्यका ठूला समालोचक मध्येका आचार्य रामचन्द्र शुक्लबाट सुरु भएको परम्पराको नामवरले आलोचना गरेका थिए ।
अध्यापन तथा लेखनसहित उनले जनयुग र आलोचना नामक हिन्दी भाषाका दुई पत्रिकाको सम्पादन पनि गरेका थिए । एजेन्सी


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter