भीमोदय मावि चितवनका प्रअ डा. कँडेललाई एसियाकै उत्कृष्ट प्रधानाध्यापकको अवार्ड

17 दिन अगाडी

काठमाडौं । भीमोदय मावि चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेल एसियन लिडरशिप अवार्ड प्राप्त गर्न सफल भएका छन् । 
५० भन्दा बढी विधामा विश्वभरिका सयौं व्यक्तिहरुलाई दिईने यो पुरस्कारको बिजेताहरु घोषणा हुने क्रम शुरु भएको छ । यसै क्रममा नेपालका डा. कँडेललाई उत्कृष्ट प्रधानाध्यापक भन्दै (-Research under literal access (RULA)international award_ ) अवार्डका लागि छनोट गरिएको हो ।
सन् २०११ देखि प्रारम्भ भएको एसियन लिडरशिप अवार्डको १० औं संस्करण यो वर्ष अक्टोवर १५ मा सम्पन्न हुँदै छ ।  दुवईको  दुवई  मलमा प्रधान कार्यालय रहेको संस्थाले जुलाई २१ का दिन आफ्नो अफिसियल पेजमा नेपालका डा. कँडेललाई अवार्ड विजेता  भएको ब्यानर सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा खुसियाली छाएको देखिन्छ ।
स्मरणीय कुरा के छ भने डा. कँडेललाई गतवर्ष  पीपी प्रसाई फाउन्डेसनले सन् २०१९ को नेपालकै सर्वोकृष्ट शिक्षक र प्रअ अवार्ड प्रदान गरेको थियो । त्यसैगरी डा. कँडेललाई कालिका नगरपालिका चितवन र शिक्षक संघ बागमती प्रदेशले पनि यस अघि उत्कृष्ट प्रअको रुपमा सम्मान गरिसकेको छ ।
यस एसियन लिडरशिप अवार्डको प्रायोजक संस्थाहरु क्रमशः world research council, world business foundation, American consumer society, IDMAS learning center, IJ RULA, United medical council/Business planet रहेका छन् ।
पुरस्कार स्वरूप ब्याज, सम्मानपत्र र अन्य प्रायोजित नगद पुरस्कार दिइने जनाइएको छ । अवार्ड वितरणका दिन आफुले गरेका कामहरुको वारेमा प्रेजेन्टेसन गर्ने अवसर हुने छ । कार्यक्रममा विश्वभरवाट सयौं  पाहुना र हजारौं उधोगी व्यवसायी तथा अन्य सहभागीहरुको भव्य उपस्थिति रहने जनाइएको छ । 
म २०५६ सालदेखि विज्ञान शिक्षकका रुपमा शिक्षण पेशामा प्रवेश गरेका डा. कँडेल २०६३ सालमा स्थायी, २०६९ मा द्वितीय श्रेणीमा बढुवा हुँदै  २०७१ असारदेखि प्रधानाध्यापकको जिम्मेवारीमा रहँदै आएका छन् । 
फरक काम गर्न भन्दा पनि हरेक काम फरक ढंगमा गर्न मन पराउने डां कँडेल प्रअको भुमिकामा आउन साथ विद्यालयले छोटै समयमा कायापलट गर्न सफल भएको छ । केहीवर्ष अघि जिल्लामै गुमनाम विद्यालय डा. कँडेलको नेतृत्वमा आज मुलुककै उत्कृष्ट विद्यालयहरुको माझमा दह्रिन पुगेको छ । 
उनकै नेतृत्वमा विद्यालयले सूचना प्रविधियुक्त सिकाइको क्षेत्रमा उल्लेखनीय काम गर्न सफल भएको छ ।  एउटै शिक्षकले एउटा विषय पढाउँदा विद्यार्थीलाई ‘मोनोटोनस’ हुन्छ भनेर एउटै विषय पनि फरक–फरक शिक्षकले पढाउने व्यवस्था गर्ने देखि ११ र १२ मा गणित पढाउने शिक्षकहरुले पनि नौ र १० मा गणित पढाउने, ९ का गणित पढाउनेले ११ पढाउने व्यवस्था गरिएको छ ।
त्यस्तै, ४ पढाउनेलाई ८ र ८ पढाउनेलाई ४ कक्षाको गणित पढाउन लगाउने गरिएको छ । यसबाट विद्यार्थीले सिकाइमा फरक स्वाद र विधि थाहा पाउने उनको भनाइ छ । 
विद्यालयले हरेक कक्षामा सिसिटिभी, स्मार्ट बोर्ड र  हरेक शिक्षकलाई एउटा–एउटा ल्यापटप निःशुल्क उपलब्ध गराएको छ । शिक्षकलाई खोजेर, स्लाइड बनाएर प्रोजेक्टरको माध्यमबाट पढाउन अनिवार्य गरिएको छ । ४० हजार बढी किताबको सफ्ट कपि सहितको ई–लाईब्रेरीको व्यवस्था गरिएको छ । 
विद्यालयमा हरेक शिक्षकका लागि दराज, ल्यापटप, पिउने पानीका लागि फ्रिजको व्यवस्था गरिएको छ । अतिरिक्त कक्षा लिने शिक्षकलाई थप सुविधा साथै, शिक्षकहरुलाई दण्ड र सजायको पनि व्यवस्था गरिएको छ । 
शिक्षकहरुलाई पढाएको विषयमा गत वर्षको भन्दा नतिजा बढी ल्याउनैपर्ने व्यवस्था गरिएकोछ । आफ्नो विषयमा सबै विद्यार्थीलाई ८० प्रतिशत बढी अंकसहित उत्तीर्ण गराएमा एक तोलाको गोल्ड मेडल दिने र कमजोर नतिजा ल्याए तल्लो कक्षामा पढाउन लगाउने, स्पष्टिकरण दिने व्यवस्था गरेका छौं । एक वर्ष कमजोर नतिजा ल्याउने शिक्षकले अर्को वर्ष सोही कक्षा पढाउन नपाउने व्यवस्था गरिएको छ ।
बालमैत्री डेस्कबेञ्च र कर्नर पुस्तकालय र कक्षाकोठामा दराज, जुत्ता दराजको व्यवस्था गरिएको छ विद्यालयमा ।  संस्थागत विद्यालयका अंग्रेजी माध्यमका जुन पाठ्यक्रम र पाठ्यपुस्तक छ, त्यो नै लागू गरिएको छ ।
शिक्षक संघ चितवनका अध्यक्षसमेत रहेका डा। कँडेलले लकडाउनको अवधिमा दक्षिण एसिया एवम् सिंगापुर, थाइल्याण्डलगायतका देशका शिक्षकसँग वैकल्पिक सिकाइ विधि र नवीनतम शिक्षण विधिका सम्बन्धमा विचारहरु आदानप्रदान गर्नमा व्यस्त भएका थिए । यस्तै नेपालका शिक्षकहरुको प्रावियुक्त सिकाइ क्षमता वृद्धिका लागि सयबढी भर्चुअल शिक्षक तालिम र प्रशिक्षण सञ्चालन गरेका थिए । प्रअ डा. कँडेलले भने– ‘विद्यार्थी अनुत्तीर्ण हुँदा शिक्षकको केही गुम्ला, अभिभावकको त सर्वश्व जान्छ’

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter