भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

10 महिना अगाडी

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । अब गठन हुने मन्त्रिपरिषद्मा नेकपाका नेता भीमबहादुर रावललाई उपप्रधानमन्त्री बनाउन लागिएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच मन्त्री परिवर्तन गर्ने सहमति यसअघि नै भइसकेको छ । नयाँ मन्त्रिपरिषद्मा पर्ने अरु मन्त्रीको नाम फाइनल हुन बाँकी रहे पनि नेता रावलचाँही पर्ने पक्का भएको हो । सुदूरपश्चिमबाट धेरैपल्ट मन्त्री भएका नेता रावललाई शक्तिशाली मन्त्रालयसहित उपप्रधानमन्त्री बनाउने र प्रधानमन्त्री  स्वास्थ्योपचारको लागि लामो समय नेपालबाहिर बस्नुपर्ने भएकाले कार्यवाहक प्रधानमन्त्री बनाउन प्रम ओली सहमत भएको बताइएको छ । उनी यसअघिकै मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री भइसकेकाले अरु उपप्रधानमन्त्रीभन्दा माथिल्लो बरियतामा हुने  भएकाले उनलाई कावा प्रम बनाउँदा खासै बिवाद नहुने प्रम ओलीको आंकलन छ । अहिलेका उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेलभन्दा राष्ट्रवादी छवि बनाएका र कमाण्ड गर्नसक्ने क्षमता भएकाले रावलमाथि ओलीले विश्वास गरेको स्रोतले बताएको छ । यसअघि प्रधानमन्त्री ओली उपचारको लागि विदेश रहँदा उताबाटै मन्त्रिपरिषद्को अध्यक्षता गरेर बैठक सञ्चालन गरेका थिए । १२ वर्षअघि दुवै मृगौला फेरेका ओलीको हाल मृगौलाले काम नगरेपछि  ग्राण्डी अस्पतालमा नियमित डाइलासिस गराइरहेका छन् ।  उनी सकेसम्म फेरि  मृगौला प्रत्यारोपण 
 गर्ने बारेमा चिकित्सकसँग गहन परामर्शमा छन् । आगामी केही दिनमा नै यसबारे टुंगो लाग्ने बताइएको छ ।   
आफूलाई राष्ट्रवादी नेता बताउने रावलले यो सरकार गठन भएसँगै सरकारको तिखो आलोचना गर्दै आएका थिए । पार्टीभित्रै प्रतिपक्षजस्तो भूमिकामा प्रस्तुत भएका उनीप्रति सुरुका दिनमा ओली सकारात्मक नभएपनि उनको विरोध र अडानसामु  प्रम गलेको एक नेताले जानकारी दिए । सुरुमा सरकार र पार्टीप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका रावल पछिल्लो समय प्राय मौन बसेका थिए ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter