भूकम्पबाट क्षति भएका गुम्बा पुनर्निर्माण गर्ने बाटो खुल्ला

9 महिना अगाडी

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा, बिहार तथा स्तूपाहरुको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको छ । यससँगै भूकम्पबाट क्षति भएका गुम्बा, बिहार तथा स्तूपाहरुको पुनर्निर्माण, संरक्षण र जीर्णद्वारका लागि बाटो खुल्ला भएको छ । 
प्राधिकरणको कार्यकारी समितिको आज बसेको बैठकले पारित गरेको कार्यविधिमा पुरातत्व महत्व रहेका सय वर्ष भन्दा पुराना तथा २ हजार वर्ग फिट भन्दा बढी प्लिन्थ एरिया भएका क्षतिग्रस्त गुम्बा, बिहार तथा स्तूपाहरुको पुनर्निर्माण आवश्यकता बमोजिम पुरातत्व विभागको पूर्व स्वीकृति लिई केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९अनुदान व्यवस्थापन तथा स्थानीय पू्र्वाधार०को प्रत्यक्ष संलग्नतामा गरिने उल्लेख गरिएको छ । 
भूकम्पबाट प्रभावित २ हजार वर्ग फिट प्लिन्थ एरिया भन्दा कमका गुम्बा, बिहार तथा स्तूपाहरुको पुनर्निर्माण गर्दा सम्बन्धित उपभोक्ता समिति मार्फत गर्ने कार्यलाई प्रथामिकता दिइने कार्यविधिमा उल्लेख गरिएको छ । 
कार्यविधि अनुसार सय वर्ष नपुगेका २ हजार वर्ग फिट भन्दा कम प्लिन्थ एरिया भएका गुम्बा, बिहार तथा स्तूपाहरुको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण कार्य स्थानीय तह मार्फत गरिनेछ । 
पुरातत्व महत्व रहेका सय वर्ष भन्दा पुराना तथा २ हजार वर्ग फिट भन्दा बढी प्लिन्थ एरिया भएका पूर्ण  रुपमा क्षतिग्रस्त गुम्बा, बिहार तथा स्तूपाहरुको पुनर्निर्माणका लागि केन्द्रबाट शत प्रतिशत बजेटको व्यवस्था हुने कार्यविधिमा उल्लेख गरिएको छ । 
सय वर्ष नपुगेका २ हजार वर्ग फिट भन्दा कम प्लिन्थ एरिया भएका गुम्बा, बिहार तथा स्तूपाहरुको हकमा भने पुनर्निर्माण गर्न लाग्ने कूल रकमको ५० प्रतिशत प्राधिकरणले अनुदानको रुपमा सम्बन्धित स्थानीय तहलाई रकम उलब्ध गराउने छ । बाँकी ५० प्रतिशत रकम भने सम्बन्धित स्थानीय तह र गुम्बा, बिहार तथा स्तूपा व्यवस्थापन समिति अन्तर्गत रहेको उपभोक्ता समितिले जुटाउनु पर्ने व्यवस्था रहेको छ । 
भूकम्बाट क्षति भएका गुम्बाहरुको संख्या १३२० छ, जसमध्ये पुनर्निर्माण गर्नु पर्ने गुम्बाको संख्या ८ सय ९५ र  मर्मत सम्भार गर्नु पर्ने गुम्बाको संख्या ४ सय २ छ । 

चारवटा एकीकृत बस्ती विकासको योजना स्वीकृत
यस्तै बैठकले स्याङजा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नं ४ स्थित तिलडाँडास्थित तिलडाँडा एकीकृत बस्ती, सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं ३ हैबुङमा हैबुङ एकीकृत बस्ती, सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं ६ तारामारङमा भनावीश्वर सिग्देल एकीकृत बस्ती र रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ स्थित गुम्सालमा गुम्साल एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ । 

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter