भूमि फिर्ता गर्छु भन्नु मागी खाने भाँडोमात्र होः अध्यक्ष निरौला

19 दिन अगाडी

काठमाडौं । भारतले मिचेको नेपालको भूभाग फिर्ता गर्छु भनेर सरकारले भनिरहे पनि विश्वास गर्ने आधार नभएको नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले आरोप लगाएका छन् ।
आज पार्टी कार्यालयमा पार्टीले तयार पारेको नयाँ संविधानका विषयमा भएको छलफलमा उनले यसअघि पनि धेरै प्रधानमन्त्री र शासकले भूमि फिर्ता गर्छु भनेपनि नसकेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली पनि यस प्रकरणमा असक्षम हुने दावी गरे । नेपालले नयाँ नक्सा सार्वजनिक गरेसँगै संविधान संशोधन गरिसकेको छ तर पनि भूमि फिर्ता हुनेमा भने धेरैले शंका गर्दै आएका छन् । पार्टीले आवश्यक परे नयाँ संविधान जारी गर्ने र सबैको भावनाको सम्वोधन गर्ने जनाएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले संविधानको खाका तयार पार्ने जिम्मा अध्यक्ष निरौलालाई नै दिएको थियो । नयाँ संविधानको खाँचो परेको खण्डमा संविधान जारी गर्छौं भन्दै निरौलाले वर्तमान सरकारले जनताको भावनाको सम्वोधन नगर्ने र देशको विकास पनि सम्भव नभएको टिप्पणी गरेका छन् ।
पार्टीले तयार पारेको संविधानको खाकामा २७ भाग, १ सय ६२ धारा र ३ अनुसूची रहेको सचिव मानबहादुर गुरुङले जानकारी दिए । नेपालको संविधान उपन्यासजस्तो छ , कतिपय कुरा बुझ्न नै सकिँदैन भन्दै गुरुङले आफूहरुको संविधान सटिक र स्पष्ट भाषामा भएको दावी गरे ।

पार्टीले नेपालको संविधानले नै विभिन्न आयोग बनाएर मानिसलाई विभाजन गरेको भन्दै जातजातिका नाममा बनाइएका आयोग र निकाय खारेज हुनुपर्ने धारणा राखेको छ । बैठकमा अध्यक्ष निरौलाले देश बचाउन राजसंस्थाको खाँचो भएको स्पष्ट पारे । उनले राष्ट्रप्रमुख राजसंस्था रहनुको विकल्प समेत नभएको दावी गरे । सरकारले गलत ढंगले वितरण गरेका सबै प्रकारका नागरिकता खारेज गर्नुपर्ने पार्टीको माग रहेको छ । पार्टीले राष्ट्रियसभा र प्रतिनिधिसभाको नाम परिवर्तन गर्ने अडान लिएको छ । राष्ट्रियसभालाई बौद्धिक राष्ट्रिय सभा र प्रतिनिधिसभालाई राष्ट्रिय जनप्रतिनिधि सभा भनेको छ । 
पार्टीले तयार पारेको संविधानबारे शनिबार सामान्य छलफल भएको छ । पार्टी बैठकले दिएका सुझावलाई समेटेर सबैको भावना समेट्ने गरी जनताको संविधान बन्ने सचिव गुरुङले जानकारी दिएका छन् । पार्टीले समसामयिक विषयमा बेलाबेला आफ्नो धारणा राख्दै आएको छ । पार्टीले संघीयता खारेजीको अडान राख्दै आएको छ ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter