मनले मनलाई जोड्ने ‘मनोनेट’ सार्वजनिक

1 महिना अगाडी

मनको भाषा र भाका केले र कसरी बुझ्छ ? 
स्वाभाविकरुपमा मनले नै बुझ्छ । र, मनले नै अर्को मनलाई सन्चार गर्छ । 
चञ्चल मन । अस्थिर मन । शंकालु मन । प्रार्थना गर्ने र सधैं अरुको भलो चिताउने मन । चेतन मन । अवचेतन मन । जे भनेपनि आखिर मन त मनै हो ।
‘मन’ का यही अनेक रुप र प्रवृतिको स्वरुपलाई एउटै जालोमा बेरेका छन्, पत्रकार तथा लेखक तीर्थ सिग्देलले कथासंग्रह ‘मनोनेट’ मा ।
मनभित्रका सबै कुरा कहा“ अभिव्यक्त हुन्छन् र ? त्यस्तो मन भित्र उकुसमुकुस भएका कुरा कसरी प्रकट गर्ने ? यस्ता बिबाद र तर्कनाले मानिसको मन अझै रुमल्लिएको मात्र हुदैन, पीडित र दुःखी पनि बनिरहेको हुन्छ । 
अझ एकोहोरो प्रेमले घाइते भएको मनको पीडाको त कुरा गरिसाध्ये ने हुन्न । त्यतिबेला पनि मनलाई नै पीडा हुन्छ ।
‘मनमा अनेक कुरा खेल्छ । तर, सबै बाहिर अभिव्यक्त हुदैन’ लेखक सिग्देलले भने, ‘अभिव्यक्त नहुने कुराहरु चाही कस्ता हुन्छन् त ? मैले तिनै कुराहरुलाई पाठकमाझ पस्किएको छु ।’ 
नेपाली शब्दकोशमा नभएको एउटा नया“ शब्द ‘मनोनेट’ उनको सृष्टी हो । ‘कहिलेकाही मुखले नबोलेपनि मनको कुरा बुझ्ने मान्छे भेटिन्छ । संसारलाई जोड्ने इन्टरनेट भएजस्तै मनसंग मनलाई जोड्ने ‘नेट’ भएरै त यो सम्भव भएको होला’ उनले भने ।
सिग्देललाई लाग्छ, मानिसका मनमा सायद दुःख, पीडा, सुख, आनन्द र सन्तुष्टि, माया प्रेमका कुरा बढी खेल्छन् । ती मध्ये माया प्रेम र यौनका कुराहरु मनभित्रै गुम्सिएर रहन्छन् । सहजै बाहिर व्यक्त हुन सक्दैनन् । ती अब्यक्त भाव जसरी प्रकट गर्न सकिएको हुदैन, त्यो भेटिन्छ, यसमा । 
दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिग्देलले कथासंग्रहमा २२ वटा कथा समावेश गरेका छन् । सबै कथाहरु मनोवैज्ञानिक छन् । लेखकले कथाहरुलाई मनोवैज्ञानिक ढंगले साहित्यिक रस भरेका छन् । तर, यौनलाई ‘नाङ्गो’ बनाएका छैनन् । 
उनी भन्छन्, ‘बिम्बको माध्यमबाट ‘यौन’ लाई बुझाउन सकिन्छ ।’ आजको साहित्यमा ‘यौन’ बिकिरहेको तथ्य भने उनी स्वीकार्छन् । उनी थप्छन् , ‘त्यसलाई कसरी प्रकट गर्ने र बुझ्ने भन्ने मात्र मूल कुरा हो ।’ 
उनको दाबी छ, ‘कथाहरु मनोवैज्ञानिक भएपनि पुस्तक एक्लै कुनै प्रेमी वा प्रेमिकाले मात्र होइन, सबै परिवारबीच पढ्न सकिन्छ ।’ 
कतिपय पुस्तकले त्यो ओज लिन सकेको देखिदैन । तर, आफ्नो तेस्रो पुस्तकसम्म आईपुग्दा लेखकले कथासंग्रहलाई यथार्थपरक बनाउन भरपूर मेहेनत गरेका छन् । जसको माध्यमबाट एउटा छलफल हुने उनको आशा छ, अब्यक्त भाव, मनको अवचेतन मनको तर्कना जे भनेपनि यो एउटा नवीन प्रयोग हुनेछ । जस्तो, फ्रायडबाददेखि, वीपीको यौन मनोबिज्ञान हुदै आजसम्म आइपुग्दा यसको प्रयोगलाई नेपालीपनमा ढालिएन । यो अभाव मनोनेटले पूरा गर्ने बिश्वास छ, सिग्देलको । 
उनी थप्छन्,  ‘अहिले बजारमा आएका उपन्यास हुन् वा कथा ती पुस्तकमा  पात्रहरुबीचको सम्बाददेखि लेखकले प्रकट गर्ने पात्रको अन्तरमनको भाव नै मनोनेट हो । जसलाई त्यो पात्रले अर्को पात्रलाई भन्न सकेको हुदैन ।’
सिग्देलले आफ्नो पत्रकारिताको दुई दशकलाई चित्रण गर्नेगरी ०७३ मा ‘जीवनको गति’ र कोशी पूर्वका राजनीतिक घटनाक्रमहरुलाई समेटेर ०७४ मा ‘पूर्वको राजनीति’ नामक पुस्तक लेखेका छन् । 

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter