माक्र्सवादी समालोचना प्रकाशित

2018-08-14

काठमाडौं, साउन २९ गते । माक्र्सवादी लेखक तथा साहित्यकार खेम थपलियाको ‘माक्र्सवादी समालोचना ः सिर्जना र सङ्घर्ष’ नामक समालोचनात्मक पुस्तक प्रकाशनमा आएको छ । नेपाली साहित्यमा माक्र्सवादी समालोचनासम्बन्धी चर्चा अपेक्षाअनुरूप हुन नसकिरहेको बेला माक्र्सवादी नाटककार तथा समालोचक खेम थपलियाको उक्त समालोचनात्मक कृति प्रकाशनमा आएको हो । 
नेपालमा यदाकदा माक्र्सवादी समालोचनासम्बन्धी बहस हुने गरेका छन् तर तिनलाई व्यवस्थित रूपमा समालोचकीय मानकका रूपमा विकास र विस्तार गर्ने काम सुस्त नै छ । माक्र्सवादी धारालाई जबर्जस्त त्यसको विपरीत धाराले थिच्न खोजिरहेको यतिबेला त्यसविरुद्ध प्रतिरोधात्मक भौतिकी तथा वैचारिकी ऊर्जासहित खेम थपलियाले कलम चलाउने प्रयास गर्नुभएको छ । माक्र्सवादी समालोचनाको पछिल्लो लेखकीय ढाँचा र विषयको गाम्भीर्यसहित यसलाई मात्रा र गुण दुबै रूपमा माथि उठाउन थपलियाको यो प्रयास निकै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । सातवटा महत्वपूर्ण समालोचनात्मक आलेख रहेको प्रस्तुत पुस्तक समकालीन नेपाली माक्र्सवादी समलोचनाको क्षेत्रको एउट दर्विलो हस्तक्षेप मान्न सकिन्छ । 
नेपालमा जनपक्षीय साहित्यिक–सांस्कृतिक प्रतिष्ठानहरूको विकास हुन सकिरहेको छैन । राज्यसत्ता जनपक्षीय साहित्यिक–सांस्कृतिकधारा–मैत्री बन्ने सम्भावना पनि कम छ । पुरातन चिन्तन र संस्कारको हालीमुहाली चलिरहेको यतिबेला प्रतिध्रुबीय साहित्यिक–सांस्कृतिक क्षेत्रलाई धारिलो प्रहार गर्न माक्र्सवादी समालोचनाको फाँट समृद्ध बनाउने उद्देश्यका साथ प्रस्तुत पुस्तकमा खेम थपलियाद्वारा प्रतिध्रुबीय धारा, संशोधनवाद–नवसंशोधनवाद, उत्तर–माक्र्सवादविरुद्ध तथा मालेमावादलाई सही तरिकाले पक्रेर तयार पार्नुभएका विचारोत्तेजक समालोचनात्मक आलेखहरू समाविष्ट छन् । 
खेम थपलियाको प्रस्तुत समालोचनात्मक कृतिमा ‘माक्र्सवादी समालोचना ः सिर्जना र सङ्घर्ष’, ‘भुइँचालो र साहित्यिक–सांस्कृतिक मनोदशा’, ‘कला–साहित्यमा दुई लाइन सङ्घर्ष’, ‘नयाँ यथार्थपरक नाटक ः प्रवृत्ति र प्राप्ति’, ‘वर्गसङ्घर्षको जिउँदो अभिव्यक्ति ः ती आँधीमय दिनहरू’, ‘क्रान्तिकारी गीत–सङ्गीत ः सङ्क्षिप्त पर्यवेक्षण’ र ‘कालजयी कर्महरूमा बद्रीनारायण प्रधान ः समीक्षात्मक अवलोकन’ जस्ता सातवटा समालोचनात्मक आलेख सङ्गृहीत छन् । पृष्ठ सङ्ख्या २६४ र मूल्य रु. २५०÷– रहेको प्रस्तुत पुस्तकलाई अर्को मोर्चाले प्रकाशन गरेको हो ।  

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter