मानिसको जीवन बचाउन रक्तदानतिर लागे समाजसेवी कुँवर

23 दिन अगाडी

काठमाडौं । चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता ताराबहादुर कुँवरको सक्रियतामा बुधबार रक्तदान भएको छ ।
वाफलमा आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेको उनले जनाए । ‘अहिले सबैतिर रगतको अभाव भएको थाहा पाएँ त्यसैले यो नयाँ काम गर्ने जाँगर चल्यो’ उनले भने ‘रगतको अभावमा कतिपय मानिसको ज्यान नै जोखिममा परेका समाचार आएपछि उनीहरुको जीवन बचाउन यो अभियान थालेको हुँ ।’ नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य कुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रक्तदान गर्न आएका केही व्यक्तिले भने स्वास्थ्यका कारण रक्तदान गर्न नपाएको कुँवरको भनाई छ । उनले हरेक साता रक्तदान गरिने बताए । उनले यो असहज अवस्थामा रक्तदान गरेर आफूले पुण्य कमाउन र मानिसको जीवन बचाउनका लागि पहल गर्नसमेत सबैलाई अनुरोध गरेका छन् । उनले रक्तदान गर्ने चाहना भएकाले ९९८५१०९३४२५० मा सम्पर्क गर्न भनेका छन् । उनी समाजमा जे खाँचो पर्छ त्यही गर्ने भएकाले अहिले रक्तदानको आयोजना गर्नुपरेको बताउँछन् ।
हेभी ईक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष, हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक कुँवरले कोरोना भाइरसको त्रासका कारण सरकारले गरेको लकडाउनमा पनि आफ्नै व्यक्तिगत तर्फबाट ११ सय ३५ जनालाई राहत स्वरुप खाद्यान्न वितरण गरेका थिए । उनले आफ्नै निवासमा १७ हप्तासम्म राहत उपलव्ध गराएको जनाए । ‘संकटका कारण खानै नपाउने समस्या कसैलाई नपरोस् भनेर थोरै भए पनि सहयोग गरेको हुँ’ समाजसेवी उनले भने ‘ एउटा मानिसलाई दुःख पर्दा अर्को मानिस चुपचाप बस्न मिल्दैन भनेर आफूसँग भए पनि नभए पनि उदार मनले राहत बाँडेको हुँ ।’


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter