काठमाडौं । विश्व नै कोराना भाइरस (कोभिड–१९)बाट आक्रान्त भइरहेको समयमा नेपाल पनि अछुतो रहन सकेको छैन । विगत लमो समयदेखि पुरै देश लकडाउनमा छ । सम्पूर्ण नागरिकहरुले लकडाउनको पूर्ण रुपमा पालन गरेका छन् ।
यसैबीचमा मालिका बचत तथ ऋण सहकारी संंस्था लिमिटेड काठमाडौंले पनि राहत सामाग्री सहयोग गरेको छ । संस्थाका अध्यक्ष अध्यक्ष जनक बहादुर धामीको अगुवाइमा सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत कोरोना भाइरस र लकडाउनका कारणले समस्यामा परेकाहरुलाई सहयोग गरेको छ । अध्यक्ष धामीले काठमाडौंका विभिन्न ठाउँहरु –खगेन्द्र नवजिवन अपाङ्ग, संघ, बीआइए अपाङ्ग संघ जोरपाटी, स्पाइनल क्रुज होस्टेल माकलबारी, कान्ति भैरव, गुरुकुल विद्यालय गोकर्णेश्वर, उत्तरबाहिनी काठमाडौं, शान्ति सेवा आश्रम कोटेश्वर, नैनी शाख्य गुरुकुल विद्यालय बनेपा तथ दाङ्ग र महा मृत्युञ्जययोग केन्द्र पिङलास्थान काठमाडौं) का अपाङ्ग नागरिक र बुटक विद्यार्थीहरुलई चामल, तेल, दाल र नुन करिव एक महिनालाई पुग्ने गरी खाद्य सामाग्री वितरण गर्नुभएको छ ।
मालिका बचत तथा ऋण सहकारी संस्थले यस्त विभिन्न सामाजिक सहयोगक कार्यहरु विगतदेखि नै गरिरहेके संस्था अध्यक्ष धामीले बताउनुभयो ।
लकडाउनका कारण कोही पनि भोकै बस्न नपरोस, यदी त्यस्तो समस्या परिहाले हाम्रो संस्था मालिक बचत तथा ऋण सहकारी संस्थालाई सम्पर्क गरी हामीलाई सहयोग गर्ने अवसर दिनु होला भनी अध्यक्ष धामीले भन्नुभयो ।
स्मरणरहोस् धामीले यसअघि पनि पाँच पटक बर्दिया, कैलाली र बाँकेका विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई राहत सहयोग गर्नुभएको थियो ।