मुम्बई इन्डियन्सलाई आईपीएलको उपाधी

1 महिना अगाडी

काठमाडौं । राजीव गान्धी इन्टरनेसनल स्टेडियममा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिंग्सलाई एक रनले पराजित गर्दै मुम्बई चौथो पटक आईपीएल च्याम्पियन बनेको छ ।
सन् २००८ बाट सुरु भएको आईपीएलमा मुम्बईले २०१३, २०१५ र २०१७ मा उपाधी उचालेको थियो । योसँगै मुम्बई आईपीएलको सबैभन्दा सफल टिम बनेको छ । मुम्बईले २०१७ मा पनि एक रनले नै फाइनल जितेको थियो । त्यतिबेला उसले राइजिंग पुने सुपरजाइन्ट्सलाई निराश पारेको थियो ।
गत वर्षसहित तीनपटक आईपीएल च्याम्पियन बनेको चेन्नई यसपटक उपविजेतामै चित्त बुझाउन बाध्य भयो । गत सिजनमा सनराइजर्स हैदराबादलाई हराउँदै चेन्नईले आइपीएल उपाधि जितेको थियो ।
आइतबार मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले पूरै २० ओभरमा ७ विकेट गुमाउँदा १ सय ४८ रनमात्रै बनाउन सक्यो । 
चेन्नईका शेन वाट्सनले सबैभन्दा बढी ८० रन बनाए र मुम्बईका जसप्रीत बुमराहले २ तथा क्रुणाल पान्ड्या, लसिथ मलिंगा र राहुल चाहरले समान एक–एक विकेट लिए । चेन्नईका ब्याट्सम्यान वाट्सन, ड्वेन ब्रावो, महेन्द्रसिंह धोनी, अम्बाती रायडू, सुरेश रैना र फाफ डुप्लेसिस आउट भए । 
यसअघि टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनायो । मुम्बईका किरोन पोलार्डले सबैभन्दा बढी ४१ रन बनाए र चेन्नईका दिपक चाहरले सबैभन्दा बढी तीन विकेट लिए । मुम्बईका ब्याट्सम्यान मिशेल म्याक्लेनाघन, राहुल चाहर, हार्दिक पान्ड्या, ईशाख किशन, क्रुणाल पान्ड्या, सूर्यकुमार यादव, रोहित शर्मा र क्विन्टन डीकाक आउट भए ।
रोहितले १४ बलमा १५, डीकाकले १७ बलमा २९ र सूर्यकुमारले १७ बलमा १५ रन बनाए । क्रुणाल पान्ड्या ७ बलमा ७ रनमात्रै बनाउन सफल भए । हार्दिक पान्ड्या १० बलमा १६ रन बनाएर आउट भए । सुरेश रैनाले १८औं ओभरको दोस्रो बलमा उनको क्याच छाडिदिएका थिए । त्यो समय पान्ड्या ४ रन बनाएर खेलिरहेका थिए । राहुल चाहर खाता नखोलिकनै पेवेलियन फर्किए । उनी आफ्ना भाइ दिपक चाहरको बलमा फाफ डुप्लेसिसको हातबाट क्याचआउट भए ।
फाइनल जितेसँगै मुम्बईले आईपीएल उपाधिसहित २० करोड भारु हात पारेको छ भने उपविजेतामा सीमित बनेको चेन्नईले १२ करोड ५० लाख रुपैयाँ चित्त बुझायो ।


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter