मैथिली र भोजपुरी राज्य राष्ट्र पुस्तक लोकार्पण

2019-04-20

विश्वमा स्थायित्व, शान्ति र सहृदयता विकास गर्न “राज्यराष्ट्र अवधारणा र सिद्धान्त”को मुलप्रवाहिकरण हुनुपर्ने जरो किलो महाअभियानका संस्थापक अध्यक्ष युगद्रष्टा डा. निर्मलमणि अधिकारीले बताउनु भएको छ । 
“राज्यराष्ट्र अवधारणा र सिद्धान्त” पुस्तकको मैथिली र भोजपुरी संस्करणको लोकार्पण गर्दै पुस्तकका लेखक समेत रहेका डा. अधिकारीले राज्यराष्ट्र सिद्धान्त सारमा जोड्ने सिद्धान्त भएकोमा जोड दिनुभयो । हाल विश्वमा व्याप्त मान्यताहरुले विविधतालाई जोड्नुको साटो झगडाको निहुँ बनाएको कारणले विविधतालाई एकताको सूत्रमा समेट्ने सूत्रको रुपमा राज्यराष्ट्र सिद्धान्तको अभिनिर्माण भएको उहाँले बताउनु भयो । नेपालकै मौलिक वैदिक बौद्ध, किराती, बोन, जैन आदि मान्यता र आवधारणाहरुको दुई दशकको अध्ययन पछि नेपालमा रहेको विविध समुदाय, हजारौ–हजार वर्ष देखि एक आपसमा कसरी मिलेर बसेको भन्ने सिद्धान्त उजागर भएको डा. अधिकारीले बताउनुभयो । नश्लीय, प्रजातिय, जातिय, भाषिक, भौगोलिक, धार्मिक लगायतका पहिचानको आधारमा राष्ट्रियताको व्याख्या गर्ने राष्ट्रराज्य, द्विराष्ट्रियता र बहुराष्ट्रियता युरोप अमेरिकामा पनि गतार्थ भईसकेको जोड दिंदै विविध पहिचानको संरक्षण र प्रवद्र्धन तथा विविधता बीचको एकताको लागि राज्यराष्ट्र सिद्धान्तले मार्ग निर्देशन गर्ने बताउनुभयो । 
पुस्तकका सहलेखक डा. गोविन्दशरण उपाध्यायले नेपालीहरु संग विविधतामा मिलेर बस्ने अनुभव भएको र बदलिंदो विश्व परिवेशमा अधिकांश स्थानमा विविधता बढ्दो रहेकोले राज्यराष्ट्र सिद्धान्त विश्वभरको समुदायलाई विविधतामा बाँच्न सिकाउने अवधारणा हुने विश्वास व्यक्त गर्नुभयो । राज्यराष्ट्र सिद्धान्तले विविधतालाई घृणाको आधार नभई समाज र राष्ट्रको सम्पत्तिको रुपमा व्याख्या गर्ने हाम्रो मौलिकतालाई प्रवर्धन गर्ने डा. उपाध्यायले बताउनु भएको छ । 
राज्यराष्ट्र अवधारणा र सिद्धान्त पुस्तक सहृदयताको राजनीतिक सूत्र भएको बताउँदै लोकार्पण कार्यक्रमका आयोजक सहृदयता समाज नेपालका अध्यक्ष बलराम प्रजापतिले राज्यराष्ट्र सिद्धान्तको व्यवहारिक प्रयोगको रुपमा विविध भाषामा पुस्तक प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “राज्यराष्ट्र अवधारणा र सिद्धान्त” पुस्तकको अन्यान्य भाषामा अनुवाद भइ प्रकाशित हुनु अभियानरुपी यज्ञमा पूर्णाहुती दिनु सरह हो जसको मूल मर्म जनजन देखी जनमन सम्म “राज्यराष्ट्र अवधारणा र सिद्धान्त” यस अभियानको निश्कर्ष भएको मैथिलीभाषाका अनुवादक कुमार भास्करले बताए ।
सहृदयता समाज नेपाल, भक्तपुरले प्रकाशन गरेको “राज्यराष्ट्र अवधारणा र सिद्धान्त” पुस्तक यस अघि नेपाली भाषा र नेपालभाषामा प्रकाशित भइसकेको छ । मैथिली र भोजपुरी संस्करणको पुस्तकका लेखकद्वय डा. निर्मलमणि अधिकारी तथा डा गोविन्द शरण उपाध्यायले संयुक्त रुपमा गर्नुभएको थियो । मैथिली भाषामा सो पुस्तकको अनुवाद कुमार भास्कर र जीके शाहले संयुक्त रुपमा गर्नुभएको होे भने भोजपुरी भाषा धीरज गुप्ताले अनुवाद गर्नुभएको होे । यस अघि नै प्रकाशित नेपाल भाषाको अनुवाद कृष्ण प्रजापतिले गर्नुभएको होे । लोकार्पण कार्यक्रम संचार योग मिडियामा सम्पन्न भएको थियो । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter