मोफसलका पत्रकार डिल्ली प्रसाद आचार्यका ‘झझल्काहरु’ सार्वजनिक

2019-04-20

पूर्व बग्छिन् कालीगंगा, पश्चिम काँठे खोला
थाप्लामाथि बाग्लुङले कहिले फेर्ने चोला ?
बाग्लुङको बजार, पँधेर्नीलाई दुःख हजार ।

डिल्ली प्रसाद आचार्यको जन्मथलो बाग्लुङ बजारको रामरेखाले सोचे जति चोला फेर्न सक्यो सकेन कुन्नि, तर आचार्यको जीवनले भने अनेक रुप फेरिसक्यो । कहिले प्रशासक, कहिले पत्रकार त कहिले पर्यटक बनेर उनका पाइतालाले आधा लोकभन्दा बढी चहारी सक्यो । मिलन र बिछोडका अनेक याम भोग्दै सुख–दुख, हर्ष–विस्मात्का अनेक भँगेला तरिसक्यो उनको जीवन–अनुभवले । 

पूर्वप्रशासक तथा पत्रकार डिल्ली प्रसाद आचार्यका यस्तै आरोह–अवरोह, रोमाञ्च र संघर्षका स्मृतिहरु सँगालिएका पुस्तक ‘झझल्काहरु’ सार्वजनिक भएको छ । भिन्न समय, भिन्न अवतार र भिन्न भोगाइको समष्टि हो, ‘झझल्काहरु’ ।
आचार्यको चौरासी पूजाको अवसर पारेर शुक्रबार ललितपुरमा सार्वजनिक भएको पुस्तकलाई रुपन्देहीका पत्रकारहरु निर्मल ज्ञवाली, नारायण सापकोटालगायतले अनावरण गरे । पत्रकार सापकोटाले भने, ‘आचार्यले स्वतन्त्रताका हिसाबले लेख्न बोल्न गाह्रो समयमा निर्भिक भएर कलम चलाउनु भयो । बाटोघाटोको सुविधा नभएको समयमा समेत अनेक ठाउँ डुलेर खोज पत्रकारिताको अभ्यास गर्नुभयो ।’ उनले पुस्तकमा आचार्यको जीवनका तीन पाटाहरु सरकारी सेवा, खोज पत्रकारिता र यात्राका कुराहरु बलियोसँग आएको बताए । ‘नेताहरुले अहिलेको गणतन्त्रका बेलामा समेत लिपुलेकको बारेमा बोल्न सकेका छैनन् ।’, उनले भने, ‘डिल्ली प्रसाद आचार्यले पञ्चायती शासनका बेला लिपुलेकबारे पत्रिकामा लेख्न सक्नु सानो साहस हैन ।’ आजभन्दा झन्डै पचास वर्षअघि कालापानी–लिपुलेक पुगेर रिपोर्टिङ गर्ने जोखिम मोलेका डिल्ली प्रसाद आचार्यको कार्यको सबै वक्ताहरुले प्रशंसा गरे ।
अर्का पत्रकार ज्ञवालीले पुस्तकमा समेटिएको विपीसँग अन्तर्वाता लिँदाको क्षण पढेर रोमाञ्चित भएको अनुभव साटे । उनले भने, ‘विपीसँग अन्तर्वार्ता लिनु हामी बुटवलका पत्रकारका लागि उत्साहजनक अवसर थियो । त्यसको नेतृत्व डिल्ली दाइले नै गर्नुभएको थियो ।’
गर्गगोत्री आचार्यहरुको वंशावली लेखनको काममा सक्रिय योगदान गरे बापत डिल्ली प्रसाद आचार्यलाई गर्गगोत्री आचार्य समाजले कदरपत्र प्रदान गर्दै सम्मान गर्यो । 
पुस्तक अनावरणपश्चात् गोरखापत्रका पूर्व सम्पादक निर्मलकुमार आचार्य र लेखक भुवनहरि सिग्देलले समेत किताबबारे चर्चा गरेका थिए । पुस्तकलाई बुलबुल पब्लिकेशनले बजारमा ल्याएको हो । 
कार्यक्रमको अन्तमा डिल्ली प्रसाद आचार्यका छोरा डा. दिनेश आचार्यले बुबा आमाको नाममा एक लाख धनराशीकोे ‘डिल्ली–मीठू आचार्य पुरस्कार’को घोषणासमेत गरे । उनले भने, ‘बुबाले उत्खनन्का लागि प्रयास गरेको बुद्धको मावली तथा ससुराली देवदहको प्रचार प्रसार, प्रवर्धन र अनुसन्धानका क्षेत्रमा काम गर्ने व्यक्ति वा संस्थालाई वर्षेनी सो पुरस्कार दिइनेछ ।’ 
पुरस्कारका लागि प्रतिष्ठान गठन अर्को हप्ता नवलपरासीको देवदहमा हुँदैछ ।  पत्रकार आचार्यले पत्रकारिता गरेको क्षेत्र बुटवल, देवदह र भैरहवामा झझल्काहरुको स्थानीय चर्चा परिचर्चाका साथै डिल्ली–मीठू आचार्य पुरस्कार समिति तयारीको उद्देश्यले लेखक र उनका परिवारसंगै पुस्तक प्रकाशक बुलबुल पब्लिकेशनले वैसाख १४ गते विशेष कार्यक्रम आयोजना गरेको छ । 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter