यदुवंशी उत्थान समाजको वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न

18 दिन अगाडी

काठमाडौं । यदुवंशी उत्थान समाज नेपालको प्रथम वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा मंगलबार भएको वार्षिकोत्सव तथा साधारणसभा कार्यक्रममा समाजमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको छ । कार्यक्रममा वक्ताहरुले यदुवंशी उत्थान समाज कुनै एउटा जाति विशेषको मात्र नभई सम्पूर्ण जातजातिको धार्मिक संरक्षण गर्ने संस्था रहेको बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि निवर्तमान बालबालिकाक तथा महिला विभाग प्रमुख, अभियान नेपालका संस्थापक अध्यक्ष र वरिष्ठ नागरिक समाजसेवी भुवन गिरीले समाजको उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् । 
यसैगरी, विशेष अतिथि सोतोकान कराते संघका संस्थापक अध्यक्ष हेम कुमार श्रेष्ठ, नेपाल यादव अखिल महिला संघकी संस्थापक अध्यक्ष शोभा कुमारी यादव र एनएफवाईसीसीका संस्थापक अध्यक्ष शितल प्रसाद यादवले समाजलाई शुभकामना दिएका छन् ।कार्यक्रममा अतिथिहरु गोपाल सेवा समिति उपत्यका समितिका अध्यक्ष कमल कुमार यादव र अभियान नेपालकी सचिव शोभा गिरी, समाजका पदाधिकारीहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।संस्थाको नाममा प्रदेश २ को सर्लाही जिल्लाको हरिपुर नगरपालिका वडा नं. ४ मा १८ धुर जग्गा नामसारी भएको कार्यक्रममा जानकारी गराइएको थियो । 
यसैगरी, धनुषा जिल्लाको लक्ष्मिनियाँ गाउँपालिका वडा नं. ६ मा मंगलरबार नै १ कठ्ठा जग्गा नामसारी भएको संस्थाका अध्यक्ष जीतन यादवले जानकारी दिए । सो जग्गामा पुस्तकालय निर्माण गर्ने अध्यक्ष यादवले बताए । वार्षिकोत्वसको अवसरमा समाजमा योगदान पुर्याएका सञ्चारकर्मीहरुलाई दोसल्ला ओढाएर समानपत्र प्रदान गर्दै सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा सञ्चारकर्मी गोपाल यादव, मिना घोरसैने र विजय यादवलगायतका व्यक्तित्वहरु थिए । 

 


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter