यसकारण मलाई यौनकर्मीकोमा जाने लत लाग्यो

2018-10-07

बीबीसी । त्यो निकै अविस्मरणीय रात थियो । २८ वर्षमा पहिलो पटक कुनै महिलालाई स्पर्श गरेको थिएँ ।
यसले कुनै फरक पारिरहेको थिएन कि ती महिला मेरी श्रीमती नभई एक यौनकर्मी थिइन् ।
मेरा इच्छा पूरा भइरहेको थियो, त्यसकारण म खुसी थिएँ ।
त्यो अनुभव एक हप्तासम्म मेरो दिमागमा जिउँदो थियो ।
यस्तो लागिरहेको थियो कि म भिन्न दुनियाँमा छु । र यस्तो पनि किन नहोस् ?
मेरो विवाह हुन सकिरहेको थिएन । गुजरातको मेरो शहरमा पुरुषको तुलनामा महिलाको संख्या कम छ ।
मेरो आमाबुवाले धेरै कुरा सुन्नु परेको थियो । जस्तै, यदि तपाईंको छोरा सरकारी जागिरे भएको भए कुरा अर्कै हुन्थ्यो । निजी कम्पनीको जागिरको के विश्वास रु र तपाईंसँग धेरै जग्गाजमिन पनि त छैन ।
त्यतिबेला म महिनाको आठ हजार कमाइरहेको थिएँ । म घरको जेठो छोरा थिएँ र कतै पनि विवाहको कुरा मिलिरहेको थिएन ।
मलाई लाग्थ्यो कि यदि कतै सम्बन्ध गाँसिए समाजमा इज्जत हुने थियो ।
सीमा त्यतिबेला नाघ्यो जब एकजना मेरो साथी विवेक (परिवर्तित नाम) को विवाह भयो जबकी उसको कमाई मेरोभन्दा कम थियो ।
सायद यसकारण निरजका बुवा २० एकड जमिनका मालिक थिए । हामी चारजना साथीहरु थियौं जो धेरैजसो रक्सी पिउनका लागि नजिकैको शहर जाने गर्दथ्यौं ।
सायद मेरा साथीहरुलाई त्यो दिन मेरो तनावबारे थाहा भयो ।
एक इन्जिनियर कसरी बने पुरुष यौनकर्मी ?
ग्लासमा बियर राख्ने बेला एकजना साथीले भने, ‘ओई, किन यति तनावमा छस् ? हिँड् मसँग । तैंले यदि विवाह गरेकै भएपनि यति मजा आउँदैनथ्यो । हेर्, दुनियाँ कति रंगीन छ । त्यसको मज्जा ली । तँ हिँड् मसँग ।’
म यस्तो सोच्नै सक्दिनथें । तर साथीले मलाई निकै सम्झाउन र मनाउन थाल्यो । अन्त्यमा हामी एउटा होटलमा गयौं ।’
मैले विभिन्न ब्लू फिल्म हेरेको थिएँ तर जिन्दगीमा पहिलो पटक कुनै महिलासँग थिएँ ।
त्यसपछि होटलमा जाने बानी बसिहाल्यो । पाँच वर्षसम्म यो सिलसिला जारी रह्यो । आफूलाई आनन्द दिलाउनु यो एक सजिलो बाटो थियो ।
तर एकदिन मेरो यो राजबारे मेरा बुवालाई थाहा भयो । उहाँको रिसको पारो निकै माथि पुगेको थियो ।
हात त उठाउन सक्नुभएको थिएन त्यसकारण चिच्याएरै आफूलाई शान्त बनाउने कोसिस गरिरहनु भएको थियो ।
‘तँलाई यस्तो गर्न लाज लागेन रु आफ्नी आमा र दिदी बहिनीबारे एकपटक पनि सोचिनस् । अब समाजमा कसरी मुख देखाउने? ’
आमा र हजुरआमा अलग्गै रोइरहनु भएको थियो । हजुरआमाको माइतीलाई पनि यसबारे थाहा भएको थियो ।
मैले स्पष्टिकरण दिएँ, ‘साथीहरुले मलाई रक्सी खुवाएर होटलमा लगे । म नशामा थिएँ त्यसकारण के भयो थाहा भएन ।’  मैले गल्ती भएको भन्दै माफीसमेत मागें ।
‘त्यसो भए यतिका वर्षसम्म एउटै गल्ती किन दोहोराइस् रु’
बुवाको यो प्रश्नको उत्तर मसँग थिएन । कहानी एक महिला पार्लर चलाउने पुरुषको हजुरआमा र भिनाजुले छुट्टै गाली गरिरहनु भएको थिए । उहाँहरुको गाली सुनेर यस्तो लागिरहेको थियो कि मैले कुनै ठूलै अपराध गरें जस्तै कि कसैको हत्या ।
तीन दिनसम्म बुवाले मसँग कुरै गर्नुभएन र तेस्रो दिन एकाएक भन्नुभयो, ‘तेरो लागि एकजना विधवाको सम्बन्ध छ । उसको पाँच वर्षको छोरा पनि छ तर महिला राम्रो घरकी हुन् ।’
‘ती महिलाको बुवालाई तेरो व्यवहारबारे थाहा छ तर उनीहरु विवाहका लागि तयार छन् । छोरा, तेरो पनि उमेर घर्किदैंछ । तँ ३१ वर्षको भइसकिस् । यो सम्बन्धलाई हुन्छ भनिदे ।’

‘अब त तँ राम्रै कमाउछस् । गृहस्थी बसा, हामी खुसी हुन्छौं ।’
तर मलाई त अर्कै मन परिसकेको थियो । ती महिला त्यो होटलमा काम गर्थिन् जहाँ म यौनकर्मीका लागि जान्थें ।
उनले त्यहाँ हाउसकिपिङको काम गर्थिन् । कम पैसा कमाउँथिन् । तर उसमा एउटा कुरा थियो । उनी मुस्कुराएको मलाई निकै मन पर्दथ्यो । तर उनी पनि मेरो बानीका कारण रुष्ट थिइन् । उनले मसँग विवाह गर्न अस्विकार गरिदिइन् ।
जब उनले अर्कैसँग विवाह गरिन् तब म विक्षिप्त भएँ । मलाई अधुरो महसुस हुन लागेको थियो । म कसैको साथ खोजिरहेको थिएँ, जसले मेरो भावना बुझोस् र जीवनभरी मसँगै बसोस् । वैवाहिक जीवनको कमी निकै मज्जाले महसुस हुन थालेको थियो ।
परिवारका सदस्यलाई पनि समाजमा घुलमिल हुन निकै समस्या भइरहेको थियो । त्यसकारण मैले घर छोडिदिएँ ।
तर दुई हप्तापछि नै आमाबुवाले बोलाएपछि म फर्किएँ । मेरो विवाहको प्रश्न जस्ताको तस्तै थियो र परिवारलाई त्यसले तनावमा पारेको थियो ।
समाज छ नै यस्तै । उनीहरु यस्तै प्रश्नमा धेरै मज्जा आउँछ जसले सबैभन्दा धेरै दुःख दिन्छ । यसपटक मैले सधैंका लागि घर छोड्ने निर्णय गरें ।
नयाँ शहर, नयाँ मानिसहरु तर बानी भने पुरानै । कहिले छिमेकमा बस्ने महिलासँग त कहिले नजिकैको शहरमा गएर मन बुझाएँ । धेरैपटक मेरो अफिसका मालिक पनि मसँगै आउँथे । उनलाई ममाथि निकै विश्वास थियो ।
आज म ३९ वर्ष पुगिसकेको छु तर एक्लो महसुस गर्दिनँ ।विवाहको जुन सपना सजाएको थियो त्यो श्रीमतीमार्फत पूरा हुन नसकेर के भयो त अन्य महिलासँग पूरा भइसकेको छ । सबै चल्छ, आखिर जीवन हो ।
अब त परिवारका सदस्यले पनि सम्झौता गरिसकेका छन् । भाइले एक आदिवासी महिलासँग प्रेम विवाह गरेको छ ।
अब म स्वतन्त्र चरी हुँ । विवाहबारे मैले सोच्नै छोडिदिएको छु किनभने विवाह पछिको जीवनशैली मलाई मनपरेन ।
अहिले मेरो मासिक तलब ४० हजार पुगेको छ । कहिले काँही कमाई योभन्दा पनि माथि पुग्छ ।
कुनै  कुराको कमी छैन त्यसकारण मनमा कुनै ग्लानी पनि छैन ।थाहा छैन, यदि विवाह भएको भए जीवन कस्तो हुन्थ्यो । मेरो स्वतन्त्र जीवन निकै सुन्दर र उत्कृष्ट छ ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter