यसरी रोकियो गौशाला–चाबहिल सडक निर्माण

10 दिन अगाडी

काठमाडौं। निर्माण सामग्री अभावका कारण गौशाला–चाबहिल सडक निर्माण अवरुद्ध हुन पुगेको छ। कात्तिक मसान्तसम्म कालोपत्रको योजना बनाइएको भए पनि गोदावरी नगरपालिकाको लेलेमा रहेका ढुङ्गाखानी तत्कालका लागि बन्द हुँदा सडक निर्माण गर्न नसकिएको हो।
निर्माण सामग्री उपलब्ध हुँदा हिजोआज नै सम्पन्न भइसक्ने भए पनि अभाव हुँदा काम रोकिएको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताए। उनका अनुसार लेलेस्थित ढुङ्गा रोडा उद्योगमा आवश्यक सामग्री तयारी भइसकेको थियो। ती सामग्री ल्याउन प्रयास गरिए पनि प्रशासनले रोक लगाएका कारण ल्याउन सकिएको छैन। उनले भने, “कानूनी रुपमा नै रोकिएकाले हामीले जोड गर्न पनि मिलेन।”
जिल्ला प्रशासन कार्यालय ललितपुरले यही कात्तिक ४ गते निर्णय गरेर मापण्ड विपरीत सञ्चालित नदीजन्य तथा खानीजन्य उत्खनन, ओसारपसार तथा बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको थियो। 
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र ललितपुरका जनप्रतिनिधिसम्मिलित बैठकले अर्को सूचना नभएसम्मका लागि ती उद्योगमा रोक लगाएको थियो। ललितपुरका लेले, नल्लुलगायत क्षेत्रबाट नै काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा सडकलगायत पूर्वाधार निर्माणका लागि आवश्यक ढुङ्गा, गिट्टीलगायत सामग्री आउने गरेको थियो।
सडक निर्माण सम्पन्न गर्न अरु स्थानबाट सामग्री ल्याउन सकिने भए पनि त्यसका लागि थप समय लाग्ने प्रमुख नेपालीले बताए। उनका अनुसार आवश्यक मात्रामा निर्माण सामग्री तयार गर्न कम्तीमा पनि दुई साता लाग्छ। उनले भने, “आवश्यक मात्रामा एउटै क्रसरबाट नहुँदा धेरैमा भन्नुपर्ने पनि हुन सक्छ।”
सो सडक सम्पन्न गर्न तोकिएको अवधि आगामी पुससम्म छ। अवधि अझै बाँकी रहे पनि स्थानीयवासीले दुःख पाइरहेकाले दशैँतिहारलगायत चाडपर्वअघि नै सम्पन्न गर्ने डिभिजनको लक्ष्य थियो। उनले भने, “कानूनी रुपमा समयावधिभन्दा पनि हामीले गरेको प्रतिबद्धतानअनुसार गर्न सकिँदैन भन्ने हाम्रो चिन्ता छ।”
कार्यालयले निर्माणको काम गरिरहेको पुतलीसडकबाट ज्ञानेश्वर हुँदै कमलपोखरीसम्मको सडक निर्माण पनि निर्माण सामग्री अभावकै कारण अवरुद्ध छ। सडक निर्माण भइरहेकै समयमा निर्माण सामग्री नहुँदा काम बीचैमा अलपत्र भएको देखिन्छ।
गौशाला–चाबहिल सडक बढी सवारीसाधनको चाप रहेको उपत्यकाको सडकमध्ये एक हो। सत्ताइस दशमलव दुई किमी लम्बाइको चक्रपथको पहिलो खण्डका रुपमा कोटेश्वरदेखि कलङ्की चीन सरकारले विस्तार गरिसकेको छ।
दोस्रो खण्डका रुपमा कलङ्कीदेखि धोबीखोला ९गोपीकृष्ण चलचित्रघरसँगैसम्म० को सडक विस्तारका लागि सरकारले निर्माणस्थल खाली गरिरहेको छ। धोबीखोलादेखि गौशालासम्मको खण्ड भने कार्यालयले निर्माण गरिरहेको छ।
सुन्दरीजलबाट काठमाडौँका विभिन्न स्थानमा जाने पानीको मूल पाइप यही सडक भएर आउँछ। राणाकालमा बिच्छाइएको पाइप पुरानो भएकाले खिइँदै पानी बाहिर निस्किरहँदा यहाँको सडक बिग्रिरहेको थियो। एक दशकयता पटकपटक मर्मत भए पनि पुराना पाइपकै कारण सडकमा कालोपत्र उप्कने, खाल्डो हुने र धुलोका कारण स्थानीयवासी हैरान थिए। विसं २०६८ मा सडक विस्तारका क्रममा खानेपानीको पाइप सडकका बीच भागमा राखिएपछि सो समस्या बढेको थियो।
खानेपानी र सडक पहिले एउटै मन्त्रालयअन्तर्गत भए पनि केही वर्ष पहिलेदेखि फरकफरक मन्त्रालयले हेर्ने र मन्त्रालयबीच आवश्यक समन्वय नहुँदा यहाँको सडकको समस्या दीर्घकालीन समाधान हुन सकेको थिएन।
अहिले भने डिभिजन कार्यालय र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले समन्वय गरेर खानेपानी र सडक एउटै ठेक्काबाट काम शुरु भएको थियो। कालिका र बेदान्सी जेभीले आगामी पुसम्ममा सम्पन्न गर्ने गरी ठेक्का पाएका थिए।
सो सडकखण्डमा पाइप व्यवस्थापनकै काम पहिले भएको थियो। यहाँ रहेका टुटेफुटेका पाइप हटाउँदै नयाँ फेरिएको थियो। गौशालादेख चाबहिल, चाबहिलदेखि चुच्चेपाटी र चाबहिलदेखि गोपीकृष्ण हल सडकखण्डको सडकको लम्बाइ झण्डै साढे दुई किमी छ। रासस


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter