यो सरकार सुदुरपश्चिमको विकासमा अग्रसर छ– सांसद आले

6 महिना अगाडी

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य प्रेमबहादुर आलेले केपी ओली नेतृत्वको सरकार विकास तथा संमृद्धिका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
कात्तिक १६ गते (शनिबार) द नेक्स्ट ड्रिम इन्टरटेनमेन्टले धनगढी खुल्लामञ्च रङ्गशालामा आयोजना गरेको सुदूरपश्चिम स्कूल डान्स स्टार प्रतियोगिता २०१९ मा प्रमुख अतिथि रहेका उनले यस खालका प्रतियोगिताले सुदूरपश्चिममा भएका प्रतिभाको उजागर गरी राष्ट्रियस्तरमा पहिचान बनाउन सहज हुनका साथै १० कक्षासम्म अध्ययनरत रहेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि उपयुक्त हुने बताए ।
सांसद आलेकै विशेष पहलमा गत फागुन ७ गते प्रधानमन्त्री केपी ओलीले सहजपुर–वीपीनगर– बागछेडा सडक कालोपत्रेको शिल्यान्यास गरेको थिए । विकासप्रेमी नेताको छवि बनाएका सांसद आलेको निर्वाचन क्षेत्रमा पर्ने यो ठूलो योजना हो । उनी जनताको काममा दिनरात नभनी अहोरात्र खटिने गरेका कारण नै डोटेली जनताबाट दोस्रोपटक निर्वाचित हुन सफल भएका थिए । यसको लागत २ अर्ब २० करोड छ । यसको धमाधम काम भइरहेको छ भने यसपालि समेत १ अर्ब ५० बजेट विनियोजन भएको छ ।
धनगढीमा पहिलो पटक भएको प्रतियोगिताले विद्यार्थीहरुमा थप हौसला बढाउने उल्लेख गर्दै यो सरकार दृढ इच्छाशक्तिसहित समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पुरा गर्न अहोरात्र खटिरहेको दावी गरे । ‘सुदूरश्चिममा विकास र संमृद्धि ल्याउन सबैभन्दा छोटो राजमार्गको रुपमा रहेको उत्तर दक्षिण नाका जोड्ने धनगढी–खुटिया–दीपायल– बझाङ्–चैनपुर–उरै हुँदै ताक्लाकोट सडकलाई यो सरकारले उच्च प्राथमिकतामा राखेर सहायक राजमार्गको रुपमा स्तर वृद्धि गरेको छ’ आलेले भने । धनगढीदखि उरैसम्म जम्मा २९० किमी मात्र रहेको यस सडकको काम छिट्टै सुरु हुने सांसद आलेले बताए । खुटियादेखि वीपीनगरसम्म सुरुङमार्गको डिपीआर तयार भइसकेको बताउँदै उनले यो नेपालकै दोस्रो तथा सुदूरपश्चिमकै पहिलो सुरुङमार्ग हुने दावी गरे ।
हक्की स्वभाव र विकासप्रेमी नेताका रुपमा परिचित सांसद आलेले नेपाल सबै जातजातीको साझा फुलबारी भएको उल्लेख गर्दै आफु सदैव जातीय राज्यको विरुद्धमा रहेको प्रस्ट पारे । आफू अखण्ड सुदूरपश्चिमको पक्षमा निडर भएर लागेको कारणले नै यसलाई टुक्राउन चाहनेको मनसाय पूरा नभएको बताउँदै जनताको साथ सहयोगले नै आफूले यसको नेतृत्व गरेको दावी गरे । ‘विगतमा धनगढीमा ३२ दिनसम्म अखण्ड सुदूरपश्चिम आन्दोलन यहाँका जनताको साथ र समर्थनबाट मात्रै सम्भव भएको हो ’ आलेले भने । ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना छिट्टै सुरु गर्न आफू अहोरात्र खटिरहेको उनले उल्लेख गर्दै उत्तर–दक्षिण नाका जोड्ने धनगढी–खुटिया–दीपायल– बझाङ्–चैनपुर–उरै हुँदै ताक्लाकोट सडक निर्माण भएपछि पश्चिम सेती आयोजना बनाउन धेरै सहज हुने बताए ।
यस सडकले सुदूरपश्चिमका कैलाली, डोटी, बाजुरा बझाङका वासिन्दाहरुलाई धेरै फाइदा हुने बताउँदै अझ स्पस्ट शब्दमा भन्नुपर्दा लाइफलाइन नै हुने बताए । नेकपाको सरकार कुरामा भन्दा कामको परिणाममा विश्वास गर्ने भएकाले हाल देशमा कानुनी राज र सुशासनको कायम भएको दावी गरे । गल्ती गरेर पद र शक्तिको आडमा उम्किने परिपाटी अन्त्य भएको ठोकुवा गरे । उनले देशमा काम गरेरै देखाउने प्रण गरेको यो सरकारले गल्ती गर्ने कसैलाई नछोड्ने बताए ।
उक्त प्रतियोगितामा नेप्लिज एकेडेमी मसुरिया कैलालीकी छात्रा करुणा सिंह प्रथम भइन् भने ज्ञानज्योति इंलिस बोर्डिङ स्कुल पहलमानपुर कैलालीकै छात्र आदित्य बगाले द्धितीय हुन सफल भए । टिके बोर्डिङ स्कुलकी छात्रा प्राप्ति भट्ट तेस्रो भइन् । प्रथम हुनले रु ३ लाख, द्धितीय र तृतीय हुनेले क्रमशः १ लाख पचास हजार र पचास हजार नगद पुरस्कार प्राप्त गरेका थिए । डान्स प्रतियोगिताको निर्णायकको भूमिकामा नायिका आँचल शर्मा रहेकी थिइन् भने अहिलेका चर्चित गायक प्रकाश सपुतले प्रस्तुती दिएका थिए भने प्रकाश छेडालले प्रतियोगिता संचालन गरेका थिए ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter