राजधानीमा दर्जनौं भाषाका कविहरुको एउटै मंचवाट धमाकेदार प्रस्तुति

2018-11-25

काठमाडौं । नेपाल भारत काव्य सन्ध्याको मंचबाट हिन्दी र नेपाली कविताको धमाकेदार प्रस्तुति भएको छ । राजधानी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपाल भारत काव्य सन्ध्या मंचमा नेपाली, हिन्दी, बंगाली, गुजराती लगायतका भाषामा कविता वाचन भएका छन् ।
हिमालिनी हिन्दी मासिक पत्रीका र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा संचालन भएको काव्य सन्ध्यामा नेपाल र भारतका साहित्कारले आफ्नो रचना प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा छिमेकी मुलुक भारतको विभिन्न प्रदेशबाट  ४० जना प्रतिभावान साहित्कारहरुले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए । साथै नेपालका  कविहरूले पनि विभिन्न विषय र शिर्षकमा आफ्ना कविता र रचनाहरु प्रस्तुत गरेका थिए ।
हिमालिनी पत्रिकाको सम्पादक डा. श्वेता दीप्तिले पनि हिन्दी भाषामा आफ्ना कविता वाचन गरेकी थिइन । त्यस्तै नेपाली कवियत्रीहरुमा बिना थिङ, विमला तुम्खेवा, वसन्त चौधरी, विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी, विधान आचार्य, राजेन्द्र शलभ र सन्ध्या पहाडीले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।
कवि तथा गीतकार वसन्त चौधरीले हिन्दी गजल प्रस्तुत गर्दा सभाहल नैं गुञ्जमान भएको थियो भने विभिन्न भाषाका श्रष्टाहरुले आफ्नो प्रस्तुतिले श्रोतालाई आकर्षित पारेका थिए ।
त्यस्तै काव्य सन्ध्यामा अतिथिको रुपमा भारतबाट आएका कश्मिरदेखि केरलासम्मका साहित्कारले हिन्दी, बंगाली र गुजराती लगायतका भाषामा रचना तथा कविताहरु प्रस्तुत गरेका थिए ।
भारतको गुजरातबाट डा. उषा उपाध्यायले गुजरातीमा आफ्नो प्रस्तुति दिएकी थिइन भने विणा बुद्धकी, अच्युता नन, किरण कुमारी, पुण्यादेवी, परवेज हुसैन, रंजित गुगोई, मिताली भट्टाचार्य, वन्दना श्रीवास्तव, धनाकर ठाकुरले कविता सुनाएका थिए ।
विभिन्न आरोह र अवरोहलाई पार गर्दै नेपालबाट लगातार २० वर्षदेखि प्रकाशित हुँदै आइरहेको हिमालिनी हिन्दी पत्रिकाको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रतीले प्रशंसा तथा अभार व्यक्त गरेका छन् ।
भारतबाट आएको साहित्कारहरुको टोलीको प्रमुख डा. रामचन्द्र रायले नेपालबाट प्रकाशित हिन्दी पत्रिका हिमालिनीका सम्पूर्ण परिवारलाई शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा हिमालिनीका प्रवन्ध निर्देशक सच्चिदानन्द मिश्र, हिमालिनीकी सम्पादिका श्वेता दीप्ति, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय लगायतका श्रष्टाले आफ्ना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल तथा भारतका साहित्कार, कवि, पत्रकार , राजनीतिकर्मी लगायत विभिन्न पेशाका गन्यमान्य साहित्य अनुरागीहरुको उपस्थिती रहेको थियो ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter