राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

4 महिना अगाडी

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र १ भाग जग्गाधनीलाइ) जबर्जस्ती लाद्न खोज्ने समूह यतिखेर राजापुर क्षेत्रमा सक्रिय रहेपछि त्यसको विरोधमा जग्गाधनीहरु उत्रिएका छन् । 
संविधान र कानुन विपरीत तिकुर प्रथाको लागु गर्न खोजेपछि जोताह किसान र जग्गाधनीबीच द्वन्द्व बढ्दै गएमा राजापुर क्षेत्रका सयौं बिघा खेत बाँझै रहने देखिएको छ। 
खेतीपाती कस्लाइ दिने कतिमा दिने भन्ने निर्णय प्रत्येक बर्षको माघ महिनामा हुदै आएकोमा माघमा भएको शर्त बिगार्ने कुन तत्व हो आफुहरुले बुझन नसकेको जग्गाधनीहरुको भनाइ छ ।
द्वन्द्व बढाउन चुनावी वाचा गर्ने जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको स्थानीयको आशंका छ । बडघर (गाउँको मुखिया) ले तिक्कुर बटैया दिनैपर्ने भन्दै नेतृत्व गरिरहेको जग्गाधनीको आरोप छ । साथै बडघरलाई निर्वाचित स्थानीय जनप्रतिनिधिले पनि साथ दिइरहेको स्रोतको भनाइ छ ।
तिक्कुर बटैया माग गर्दा जग्गाधनीलाई अन्याय भएको जग्गाधनी ज्ञानमाया रिजालले बताइन् । ‘मलगायत जग्गाधनीले किसानको अन्यायपूर्ण माँग भएकाले स्थानीय सरकारलाई ज्ञापनपत्रमार्फत जानकारी गरायौं,’ उनले भनिन, ‘जग्गाधनीले किसानको माँग सम्बोधन गर्ने अवस्था नै छैन, हामी तिक्कुर दिन सक्दैनौं।’ 
जग्गाधनीहरुको भेलाले गठित आधुनिक कृषक समुह राजापुरका अध्यक्ष एंव समाजसेवी जीवराज रेग्मीले तिकुर बटैया नदिने बरु परम्परादेखि चल्दै आएकोअधिया बटैया भने दिने बताए । जोताह किसानहरुले दुःख गरिरहेका छन्, ब्याडमा पनि राखेका छन् यस्तो अवस्थामा अधिया बटैया दिन सकिने बताए । किसान र जग्गाधनीहरु मिलेर खान्छु भन्दापनि खान नदिने कुन तत्व हो आफुले नबुझेको बताउदै माघको महिनामा छलफल गरि उचित निष्कर्षमा पुग्न सकिने बताए । सम्पति र छाकवासको निम्ती सबै एकजुट भइ तिकुर नदिने निर्णय गरिएको उनको भनाई छ । 
जग्गाधनी र किसानको समझदारीमा भइरहेको परम्परागत चलनलाई लत्याइँदा तिक्कुर बटैयाले मनमुटाव देखिएको उद्योग वाणिज्य संघ, राजापुरका अध्यक्ष कृष्ण रेग्मीले बताए । ‘यस्तो द्वन्द्वले दुवै पक्षलाई फाइदा पुग्दैन,’ उनले भने, ‘समझदारीमा गए मात्र दुवै पक्षलाई फाइदा छ ।’ रेग्मीका अनुसार मेसिनरी सामान प्रयोग गरी खेती गरिने हुनाले तिक्कुर माग जायज छैन । ‘अहिले सबै खेतीमा मेसिन प्रयोग गरिन्छ,’ उनले भने, ‘सबै खर्च जग्गाधनी र किसानले आधाआधा बेहोर्छन यस्तो अवस्थामा किसानको कसरी तिक्कुर माँग जायज हुन्छ ?’ उनले अधिकांश जग्गाधनीसँग अहिले चार बिगाभन्दा बढी खेती नभएको बताए ।
टाढाबाठा किसान तथा जग्गाधनीले यो मुद्दालाई उक्साएको स्थानीयको भनाइ छ। ‘कतिपय जग्गाधनी मेसिनरी सामान प्रयोग गरी खेती गर्ने तयारीमा छन् उनीहरूलाई फाइदा भयो,’ उनले भने, ‘जग्गा भएर बाहिर बस्नेलाई घाटा हुन्छ। साथै खेतीमा आश्रित किसानले खेती गर्न पाएनन् भने साँझबिहान जोहो गर्न गाह्रो छ ।’ 
ज्ञापनपत्र बुझाउन पुगेका जग्गाधनीहरुसंग उपप्रमुख मनकला चौधरीले जग्गाधनीले किसानको माँग सम्बोधन गर्न जरुरी रहेको बताएकी थिइन् ।
तिक्कुर बटैयाको माग अन्यायपूर्ण भएको बताउदै बर्दियाको राजापुर क्षेत्र र गेरुवा गाँउपालकिाको जग्गाधनीहरु राजापुर बजारमा भेला भइ तिकुर बटैयाले आफुहरु अन्यायमा पर्ने भन्दै इलाका प्रशासन कार्यालय राजापुरका प्रमुख सुनिल दत्त र राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरीलाइ ज्ञापन पत्र बुझाएका हुन् । 
धानको लागि बीउ तैयार पार्ने बेलामा बेलामा उत्पादित अन्नको तीन भागको दुई भाग जोताह किसानलाई र एक भाग आफुलाई मात्र पाउने (तिकुर बटैया) प्रणाली आफुहरुले मान्न नसक्ने राजापुर २ की ज्ञानुमाया रिजालले बताइन् । 
राजापुर हनुमानगढी मन्दिर परिसरमा भेलाभइ राजापुरका जगधनीहरुले तीन भागको दुइ भाग अर्थात तिकुर दिन नसक्ने निर्णय गरेका थिए । 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter