–सुमन ढुंगानाबाट
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को भातृ संगठन नेपाल प्रजातान्त्रिक युवक संगठनको केन्द्रीय समितिको सदस्यमा चाबहिलका रोमन्स पौडेललाई उक्त संगठनका अध्यक्ष फणिराज लोहनी (राजु)ले खादा तथा माला लगाई पार्टीको भातृ संगठनमा स्वागत गर्नुभएको छ । पौडेललाई सो संगठनको केन्द्रीय समितिमा मनोनित गरेको अवसरमा पार्टीले एक जुझारु कार्यकर्ता पाएको जनाउँदै लोहनीले पौडेलको प्रवेश पछि संगठन झन् मजबुत भएर पछिल्लो दिनमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । पौडेलको पार्टीको भातृ संगठनमा प्रवेशसँगै सो संगठनले थप नयाँ उचाई लिने बताउँदै वहाँले पौडेलको पार्टीको भातृ संगठनमा प्रवेशले पार्टीभित्र लौहपुरुष पार्टीले पाएकोमा प्रशन्नता समेत व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसको तर्फबाट २०४६ सालको जनआन्दोलनमा भूमिगत रुपमा सकृय सहभागी तथा हाल उपभोक्ता मञ्च नेपाल क्षेत्र नं. ४ का क्षेत्रीय सभापति रहनु भएको सुवोध कुमार पौडेलका जेष्ठ पुत्र रोमन्स पौडेलको पारिवारिक जीवन नै राजनीतिमा सकृय रहेको पाइएको छ । पिता सुवोध पौडेल तथा हजुरबुवा गोविन्द प्रसाद उपाध्यायको राजनीतिक इतिहासलाई कायम राख्दै रोमन्स पौडेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) केन्द्रीय समितिको सदस्य पदमा मनोनित गर्न पाएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जवराले यस समाचार श्रोत समक्ष खुसी व्यक्त गर्नुभयो । वहाँले यस समाचार श्रोतलाई भन्नुभयो ‘कुशल संगठनकर्ताको खाँचो थियो त्यो अहिले पुरा भएको छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठनको केन्द्रीय समितिमा प्रवेशसँगै नवप्रवेशी रोमन्स पौडेलले आगामी दिनमा सांगठनिक रुपमा पार्टीलाई थप मजबुत र शक्तिशाली ढंगले अगाडि लैजाने विचार व्यक्त गर्नुभयो । साथै सो भातृ संगठनका केन्द्रीय सदस्य रहनु भएका गोपाल थापाले सुनोज श्रेष्ठले नेतृत्वमा अन्य थुप्रै युवालाई पनि सो पार्टीको भातृ संगठनमा प्रवेश गराउने बचनबद्धता जनाउनुभयो ।